×

NMB BANK
NIC ASIA

एमाले केन्द्रीय समितिबाट ४ विशेष प्रस्ताव पारित, धारा ७६ (५)को निर्दलीय व्याख्या सच्याउन प्रयास गर्ने

साउन ६, २०७८

NTC
Premier Steels


नेकपा एमालेले केन्द्रीय समिति बैठकबाट ४ वटा विशेष प्रस्ताव पारित गरेको छ । बुधबार बसेको बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन प्रकरणमा गरेको फैसलाबारे पार्टीको दृष्टिकोण पारित गरेको छ ।

Muktinath Bank

 फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खलबल्याएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीलाई आँच पुर्याएको, नमागिएको विषयमा अतिरिक्त न्यायिक स्वतन्त्रता देखाएको ठहर एमालेले गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी जनताको बीचमा जाने प्रक्रियालाई अलोकतान्त्रिक भनेर लाञ्छित गरिएको भन्दै एमालेले असन्तुष्टि पनि जनाएको छ ।


Advertisment
Nabil box
Kumari

दोस्रो प्रस्तावका रुपमा अध्यक्ष केपी ओलीको नेतृत्वमा सञ्चालित ४१ महिने सरकारको समीक्षा भएको छ । अनेकौं प्रतिकूलताकाबीच पनि सरकारले ऐतिहासिक कामहरु गरेको ठहर एमालेको छ । संघीयतालाई कार्यान्वयन गरेको, नयाँ नक्सा प्रकाशन गरेको, पृथकतावादको अन्त्य गरेको, कोभिडका बीच पनि खोप सुनिश्चित गरेको भन्दै यही उपलब्धिलाई लिएर जनतामाझ जाने निर्णय एमालेको छ ।

Vianet communication

अब पार्टी प्रतिपक्षमा पुगेको अवस्थामा सशक्त भूमिका निर्वाह गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।

चौथो प्रस्तावको रुपमा सिंगो पार्टी पंक्तिलाई अहिलेको प्रतिकुल अवस्थाबाट निराश नहुन आग्रह गर्दै पुनः कमब्याक गर्ने आधार भएकाले सक्रियतापूवर्क पार्टीको काममा लाग्न आह्वान गर्ने प्रस्ताव पनि पारित भएको छ ।
बैठकमा महासचिव  ईश्वर पोखरेलले ७ वटै प्रदेशका अध्यक्षले हिजो गरेको रिपोटिर्ङका सम्बन्धमा जवाफ तथा थप स्पष्ट पार्ने काम गरेका थिए ।

प्रवक्ता ज्ञवालीले संविधानको धारा ७६ (५) सम्बन्धमा सर्वोच्च अदालतबाट भएको निर्दलीय व्याख्यालाई सच्याउने एमालेले पहल गर्ने पनि बताए ।
‘भोलि आवश्यक पर्दा हामी संविधान संशोधन गछौं । संविधानको धारा ७६(५) को निर्दलीय व्याख्या भएको छ, त्यसलाई लाई सच्याउँछौ’ ज्ञवालीले भने ।

बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्दै एकतालाई जोगाउन प्रयास गरिने बताएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x