×

NMB BANK
NIC ASIA

धार्मिक हिसाबले श्रावण महिनामा प्रायः धेरै मानिसले शाकाहारी भोजन गर्ने चलन छ । यो स्वास्थ्यका हिसाबले पनि राम्रो मानिन्छ ।

Sagarmatha Cement
Muktinath Bank

शाकाहारी भोजनले शरीर चंगा हुनुको साथै शरीरमा विभिन्न रोग लाग्नबाट सुरक्षित राख्दछ । सकिन्छ भने झन् पूरै शाकाहारी भोजन गर्दा उत्तम मानिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुन त विश्वभर शाकाहारीको संख्या बढ्दो क्रममा छ । मात्रा नमिलाई नियमित मासुको प्रयोगले शरीरमा यावत समस्या बढ्दै गर्दा शाकाहारी भोजन अपनाउनेको संख्या बढ्दै गएको हो ।


Advertisment
Nabil box
Kumari

यदि तपाईं मासु खानुहुन्छ र अबदेखि मासु छाडेर शाकाहारी बन्दै हुनुहुन्छ भने तपाईंले आफ्नो वजन घटाउने, मुटुरोगको जोखिम कम गर्ने जस्ता फाइदाहरू तत्कालै प्राप्त गर्न थाल्नुहुनेछ । 

Vianet communication
Laxmi Bank

शाकाहारी भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मासु खानेहरूभन्दा मासु नखाने मानिसमा विभिन्न खाले रोगको समस्या कम देखिने गरेको विभिन्न अध्ययन तथा अनुभवले देखाएका छन् ।

अझ सकिन्छ भने त श्रावण महिनामा मात्र नभई सधैंका लागि शाकाहारी हुन सके अति उत्तम मानिन्छ ।  

शुद्ध शाकाहरी हुनुका अधिक फाइदाहरूः
 
– दीर्घ जीवनका लागि भरपुर सहायता पुर्‍याएको हुन्छ । 

– कोलस्टोर लेबल घटाउन मद्दत पुर्‍याउँछ । 

– हृदयघात हुने जोखिम कम गर्छ । 

– डाइबिटिज हुनबाट धेरै मात्रामा मद्दत पुर्‍याउँछ । 

– स्वस्थ छालाका लागि पनि शाकाहारी हुनु जरुरी हुन्छ । 

– शाकाहारी भोजन गर्नाले शरीरमा पानीको मात्रा कम हुन दिँदैन ।

– शाकाहारी भोजन हुने व्यक्तिलाई डिप्रेसन कम हुन्छ । 

– शाकाहारी भोजन पचाउन सहज हुन्छ । 

– आँखाको तेज बढाउन मद्दत पुर्‍याउँछ । 

– व्यावसायिक रूपमा पनि शाकाहारी भोजन गर्नेलाई फाइदा पुग्छ । 

– क्यान्सरको जोखिम कम हुन्छ ।

– मुटु सम्बन्धी रोग लाग्नबाट जोगाउँछ । 

– उच्च रक्तचाप हुनबाट जोगाउँछ । 

– माइग्रेन हुनबाट जोगाउँछ । 

– हर्मनलाई सन्तुलित गर्न मद्दत पुर्‍याउँछ । 

– शरीरमा एलर्जी हुनबाट जोगाउँछ । 

– नङलाई मजबुत बनाउन विशेष भूमिका खेलेको हुन्छ । 

– दिमागी चुस्तताका लागि पनि भेगान खाना खानु जरुरी हुन्छ । 

– खाना पकाउँदा समयको बचत हुन्छ, शाकाहारी भोजन तयार गर्न सहज हुन्छ ।

लामो समयसम्म माछामासु ज्यादा खाँदा मुटु सम्बन्धी रोग, मधुमेह, अटोइम्युन डिजिज तथा क्यान्सर लगायतको जोखिम हुन्छ । जबकि शाकाहारी खानेकुराहरू खासगरी वनस्पतिजन्य खानेकुराहरू दुखाइ तथा सुन्नाई प्रतिरोधी हुन्छन् । यिनीहरूमा प्रशस्त मात्रामा फाइबर तथा एन्टीअक्सिडेन्ट हुनुका साथै सुन्निने तथा दुख्ने क्रियामा संलग्न बोसो तथा इन्डोटोक्सिनको मात्रा घटाइदिन्छन् ।

मासु तथा अन्य प्रोसेस्ड फूडहरूले खाएको केही घण्टामै शरीरमा दुखाइ तथा सुन्निने समस्या पैदा गर्छन् । मासुमा हुने एनिमल फ्याटसँगको प्रतिक्रियाका कारण हाम्रा रक्तधमनीहरू प्यारालाइज्ड हुन्छन् र धमनी खुल्ने क्षमता आधाले घट्छ । त्यसो हुँदा फोक्सो फुलिन्छ । यस्तो फुलाइ तथा दुखाइ भनेको शरीरको प्रतिरोधी प्रतिक्रिया हो । 

शाकाहारी मानिसमा मोटोपनाको दर मासु खाने मानिसमा भन्दा कम पाइएको छ । मासु खाने तथा शाकाहारीले दिनहुँ खाने क्यालोरी खपत बराबर भए पनि मासु खानेहरू बढी मोटोपनाको शिकार हुने गरेको पाइएको छ । यसको कारणमा मासु खानेहरूले वनस्पति प्रोटिन, बिटा क्यारोटिन, फाइबर, म्याग्नेसियम जस्ता तत्वहरूको खपत कम गर्दछन् र हानिकारक बोसोको सेवन मात्र धेरै गर्दछन् ।

कम चिल्लो तर ताजा सागपात, फलफूल र अनाज सहितको स्वस्थ शाकाहारी भोजनले वजन नियन्त्रणमा सहयोग गर्दछ । हामीले खाने जनावरका मासुमा विभिन्न खाले हर्मोन, किटनाशक औषधि, एन्टीबायोटिक्स जस्ता दूषित पदार्थहरू पाइन्छ, जसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ ।

कुखुरा, सुँगुर, भैँसी, माछा लगायतका मासुमा इकोली, लिस्चेरिया लगायतका विभिन्न खाले जिवाणु तथा घातक परजीवीहरू पाइन्छ । त्यसैले मासु नखानाले खानाबाट सर्ने विभिन्न खाले रोगबाट बच्न सकिन्छ ।

श्रावण महिनाका लागि केही शुद्ध शाकाहारी संक्षिप्त रेसेपी

आबोगाडो सलाद – घ्युफल, काक्रो, कागतीको रस, नून, हरियो खुर्सानी, धनियाँ, जैतुनको तेल आदि हालेर सलाद बनाउन सकिन्छ, जुन अति नै मुलायम र स्वास्थ्यवद्र्धक हुन्छ ।

पनिर बटर मसला – पनिरलाई रातो ग्रेभीमा हालेर क्रिम र बुटर मिसाइ इन्डियन मसलाको साथमा सजिलै घरमा बनाउन सकिन्छ ।   

पालक पनिर – पालकको पिउरी बनाएर पनिरमा मिसाएर काजु पेस्ट र इन्डियन मसला हालेर बनाउन सकिन्छ । 

पनिर पसन्द – काजु, दूध, मक्खन, उसिनेको प्याज हालेर बनाएको सेतो ग्रेभीमा पनिर हालेर बनाउन सकिन्छ र स्वादिष्ट हुन्छ । 

कडाइ पनिर – पनिरमा फ्रेस मसला, कडाइ मसला र भेडे खुर्सानी हालेर सुख्खा गरी पकाउन सकिन्छ । 

मटर मस्रुम – इन्डियन रिच पहेलो ग्रेभीमा हरियो केराउ र च्याउ हालेर पकाउन सकिन्छ । 

मकै पालक – पालकको पिउरीमा स्वीट कर्न हालेर इन्डियन सादा मसलाको साथमा पकाइन्छ ।  

पनिर चिल्ली – चाइनिज ग्रेभीमा पनिर, भेडे खुर्सानी, प्याज, हरियो लसुन हालेर बनाउन सकिन्छ । 

मसरुम छोइला – उसिनेको च्याउलाई डामेर लसुन, अदुवा, तोरीको तेल, कागती रस हालेर मेथी झानेर बनाइन्छ । 

पनिर छोइला – पनिरलाई तेलमा तारेर चिसो नून पानीमा भिजाएर च्याउ जस्तै गरी छोइला बनाउन सकिन्छ । 

कुरिलो करी – एस्पारागस करी पनि सामान्य तरकारी जसरी आलु या च्याउमा मिसाएर बनाउन सकिन्छ र यो निकै स्वस्थ्य र स्वादिष्ट हुन्छ । 

तोफु चिल्ली – तोफुलाई तेलमा तारेर नून पानीमा भिजाएर पनिर चिल्ली जसरी नै सजिलै बनाउन सकिन्छ । 

पानिर सादेको – पनिरलाई डामेर या तारेर नेपाली मसला र कागती हाली सादेर पनि खान सकिन्छ । 

तरुल डामेको – उसिनेर सेलाएको तरुललाई ताछेर पातलो स्लाइस गरी नेपाली मसला मोलेर तवामा डामेर सुख्खा खान निकै स्वादिष्ट हुन्छ । 

तरुल मसला – तरुललाई उसिनेर डाइस काटी गोलभेडा, प्याज, अदुवा लसुनको फेस मसला बनाइ नेपाली मसला हाली सुख्खा करी बनाइ खान सकिन्छ । 

निउरोको तरकारी – निउरोको तरकारी पनि शाकाहारीका लागि एक उपयुक्त र स्वस्थ विकल्प मानिन्छ र सजिलै बनाउन सकिन्छ ।   

उमारेको क्वाटी सुप – ९ थरिका गेडागुडी भिजाएर उमारी पकाएर नेपाली मसला र घ्युमा ज्वानो झानेर खान सकिन्छ । 

दाल मक्खनी – मासको गेडा दाल र राजमा भिजाएर पकाइ इन्डियन मसला, क्रिम, बतर हाली बनाउन सकिन्छ र निकै स्वादिष्ट मानिन्छ । 

पिडालु हालेको दाल जिम्बु झानेको – कालो मासको दालमा पिडालु हालेर पकाइ घ्युमा जिम्बु हाली झानेको दाल पनि निकै लोकप्रिय मानिन्छ । 

नभरत्न करी – मुग्लाई तथा शाहीहरूको यो अति पोषिलो करी विभिन्न ९ सब्जी तथा फलफूल हालेर काजु र खुवाको रिच ग्रेभीमा बनाइन्छ । 

मिक्स भेज बिर्यानी – दही र गरम मसला हालेर तयार गरिएको मिक्स भेज करीलाई ८० प्रतिशत पाकेको चामलसँग घ्यू र ड्राइफ्रुट हाली दम गरी पकाइन्छ । 

फलदारी कोफ्ता बिर्यानी – काचो केरा र ड्राइ फ्रुटको कोफ्ता बनाएर बिर्यानी ग्रेभीमा हाली चामलसँग दम गरेर पुदिना, काजु र घ्यु हालेर पकाउन सकिन्छ । 
 
पनिर पास्ता – पनिर हालेर सेतो क्रिमी र रातो दुवै ससमा पास्ताका साथमा चिज हालेर बनाउन सकिन्छ, जुन निकै स्वादिष्ट हुन्छ । 

पनिर मस्रुम पिज्जा – पनिर, च्याउ, चिज हालेर पिज्ज पनि बनाउन सकिन्छ । जुन शाकाहरीका लागि उत्तम खाना मानिन्छ ।

कोफ्ता कारी – आलु र मिक्स भेजको किमालाई बल बनाएर फ्राइ गरी पहेलो रिच नट र क्रिमी ग्रेभीमा पकाउन सकिन्छ । 

दाल पन्चमेला – पाँच थरिको दाल मिसाएर इन्डियन फ्रेस मसला र घ्यू या बटर हाली बनाउन सकिन्छ । 

पनिर परोठा – पनिरलाई ग्रेट गरी मसला मोलेर आँटाको पिठोमा भरेर घ्यू या बटर हालेर बनाउन सकिन्छ । 

आलु तामा बोडी – आलु, तामा, बोडी मिसाएर बनाएको नेपाली झोल तरकारी पनि शाकाहारीका लागि उत्तम विकल्प हुन्छ । 

मासको बारा – मासको दाल भिजाएर बोक्रा फाली, ब्यान्ड गरी लेदोलाई अदुवा लसुनको पेस्ट मिसाइ नेपाली मसला हालेर तोरीको तेलमा बाबर हालेर बनाउन सकिन्छ, जुन नेपाली गोलभेडाको अचारसँग निकै मिठो मानिन्छ । 

दूधबरी – दूधलाई लामो समयसम्म पकाएर घटाइ पकाएको र केसरी हालेर बनाएको एक स्वादिष्ट मिठाइ हो । 

गुलाब जामन – खुवा र पिठोको मात्रा मिलाएर मुछेर फ्राइ गरी चिनी र सुकमेलको चस्नीमा पकाएर बनाइन्छ । 

रसमलाई – दूधलाई फटाएर मज्जाले घोटी–घोटी मुछेर डल्लो बनाइ चिनीको चास्नीमा पकाएर बनाइन्छ । 

गाँजरका हलुवा – ग्रेट गरेको गाँजरलाई घ्यूमा भुटेर दूध, खुवा काजु र किसमिस हाली पकाउन सकिन्छ । गाँजर जस्तै सुजी, पालक, चुकन्दर, मुग दाल, भेडे खुर्सानीको पनि हलुवा बनाउन सकिन्छ । 

बुन्दी लच्छा रबडी – दूधलाई लामो समयसम्म उमालेर घटाएर लेदो बनाइ बेसनको पिठो र चास्नीबाट बनेको बुनियालाई मिसाएर खान सकिन्छ । चिनी नहाली रबडी सुगर फ्री पनि बनाउन सकिन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x