×

NMB BANK
NIC ASIA

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

साउन २१, २०७८

NTC
Premier Steels

 निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अहिले निगम ४ अर्ब रुपैयाँ घाटामा गएको छ ।

Muktinath Bank

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर इन्धनको मूल्य बढेकाले निगमले अहिले घाटा बेहोर्नुपरेको हो । अघिल्लो आर्थिक वर्ष २०७६-७७ मा मात्र निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफामा कमाएको थियो । आव २०७१-७२ देखि नाफा कमाउँदै आएको निगम ६ वर्षपछि आएर घाटामा गएको छ । गत पुसदेखि निरन्तर इन्धनको मूल्य बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा निगमको व्यापारमा प्रत्यक्ष असर परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निगमका अनुसार पेट्रोलियम पदार्थको आयात भने १० अर्ब रुपैयाँले बढेको छ । बजारमा इन्धनको खपत बढेकाले अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा इन्धन आयात बढेको निगमले जनाएको छ । नेपालमा आयात हुने वस्तुमध्येमा सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थ नै हो । निगमका अनुसार आव २०७६-७७ मा १ खर्ब ४५ अर्ब रुपैयाँबराबरको २६ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएकामा आव २०७७-७८ मा वर्ष १० अर्ब रुपैयाँले आयात बढेर १ खर्ब ५५ अर्ब रुपैयाँबराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको छ ।


Advertisment
Nabil box
Kumari

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार बजारमा खपत बढेकाले १० अर्ब रुपैयाँले इन्धन आयात बढेर १ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कोभिडको संक्रमण नियन्त्रण गर्न लामो समयसम्म गरिएको निषेधाज्ञाको कारणले गर्दा बजारमा इन्धन खपत कम भएको थियो । यो वर्ष निषेधाज्ञा नभई निरन्तर रूपमा सवारी साधन चलेकाले पनि इन्धन आयात बढेको हो ।

Vianet communication

निगमका अनुसार एक वर्षमा सबैभन्दा धेरै डिजेल १७ लाख किलोलिटर आयात भएको छ । यस्तै, पेट्रोल ५ लाख ८७ हजार किलोलिटर, मट्टीतेल २४ हजार किलोलिटर र हवाई इन्धन ६८ हजार किलोलिरट आयात भएको छ । यस्तै, खाना पकाउने एलपीजी ग्यास ४ लाख ८५ हजार ७ सय मेट्रिक टन आयात भएको निगमले जानकारी दिएको छ । १ खर्ब ५५ अर्ब रुपैयाँको इन्धन आयात गरेबापत निगमले सरकारलाई एक वर्षमा ९८ अर्ब रुपैयाँ राजस्व बुझाएको छ । एक वर्षको अवधिमा निगमले पूर्वाधारमा २२ अर्ब, वातावरण शुल्क ३ अर्ब ४३ करोड, सडक मर्मत दस्तुर ५ अर्ब २५ करोड, भन्सार शुल्क ३७ अर्ब, मूल्य अभिवृद्धि कर २९ अर्ब तिरेको छ ।

आर्थिक वर्ष २०७५-७६ मा १ खर्ब ९२ अर्ब ७२ करोड रुपैयाँबराबरको २९ लाख ३८ हजार ९ सय ३० किलोलिटर इन्धन आयात भएको थियो । आर्थिक वर्ष २०७४-७५ मा मुलुकले १ खर्ब ५४ अर्ब ७९ करोड रुपैयाँबराबरको २७ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको थियो । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x