×

NMB BANK
NIC ASIA

हिन्दु धर्मवलम्वीहरूले विभिन्न मठ मन्दिरमा पूजाआजा गरी भगवान श्रीकृष्णको जन्मोत्सव मनाए भने पश्चिमा थारु समुदायले भने अष्टिम्की पर्व भव्यताका साथ मनाएका छन् । सुर्खेतदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बासोबास गर्दैआएका थारु समुदाय अष्टिम्की पर्व हर्षोल्लासपूर्वक मनाएका हुन् ।

Muktinath Bank

पृथक मौलिक चालचलन तथा संस्कृति बोकेको आदिवासी थारु समुदायमा भदौ १४ र १५ गते अष्टिम्की पर्व मनाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्वमा खासगरी, महिलाहरूले भदौ १३ गते राति दर खाई भदौ १४ गते सोमबार दिनभरी ब्रत बसेका थिए भने मंगलबार विहान अघिल्लो दिनको पूजा सामग्रीहरू नजिकको नदी, तलाउमा सेलाउँछन् । तत्पश्चात नुहाइ घरमा फर्केपछि तयार पारिएका परिकार कोशेलीको रुपमा आफ्ना चेलीबेटीहरूलाई अग्रासन दिएका छन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication

थारु बुद्धिजीवीहरूका अनुसार ब्रतालु महिला तथा युवतीहरू साँझपख घरको भित्तामा कोरिएको विभिन्न पौराणिक चित्रमा टिक्ने अर्थात पूजा गर्ने गर्दछन् । टिक्ने काम सम्पन्न भएपछि लगिएका फलफूलहरू आपसमा बाँधेर खाने प्रचलन रहेको थारु लोक संस्कृतिविद अशोक थारु बताउँछन् ।

उनका अनुसार अष्टिम्कीको उत्पत्ति ‘अष्टमीटिका’बाट भएको हो । भगवान श्रीकृष्णलाई थारु भाषामा ‘कान्हा’ भनिन्छ । अष्टिम्की’को अर्थ भदौ महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकोले उनको टीका लगाउनु हो । ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरूले विशेष रुपमा मनाउने हुनाले यस पर्वलाई थारु समुदाममा अष्टिम्की भनिने प्रलचन रहि आएको संस्कृतविद थारुको जानकारी दिए ।

अष्टिम्कीमा ‘कान्हा’ को जीवनीलाई भित्तामा चित्रको माध्यमबाट कोरेर चित्रण गरिन्छ । यसरी कोरिएको चित्रमा धुमधामसंग टीका, फलफूल, जल अर्पण तथा दीप प्रज्वलन गरी पूजा गरिन्छ । 

कसरी बनाइन्छ अष्टिम्की ?
व्रतालु महिलाहरू आज अष्टिमकीको पहिलो दिन बिहानै गाउँको भलमन्सा वा बरघरको घरको बहरी अर्थात बैठक कोठाको उत्तरपत्तिको भागमा लिपपोट गरी चुनले रंगाई श्रीकृष्ण भगवानको चित्रलाई विशेष रुपमा सजाउँछन् ।

श्रीकृष्णको दाहिनेपत्ति सूर्य र बाँयापत्ति चन्द्रमाको चित्र बनाइन्छ । भने दोस्रो लाइनमा सात भाई कौरवहरूको चित्र बनाउने गरिन्छ । त्यस्तै, तेस्रो भागमा दुलाहादुलही, दुलहीलाई पठाउन जाँदा अवस्थाको ‘डोली’, दुलाहालाई पठाउन जाँदा अवस्थाको ‘डोला’, माछा, गंगटा, बाघ, हात्ती, मंयुर, सर्प, बिच्छी, गाईलगायत विभिन्न चरा र जनावरको चित्र कोर्ने प्रचलन रहँदै आएको छ ।

यसरी श्रीकृष्ण भगवानको जीवनमा आधारित चित्र सजाई सकेपछि गाउँभरीका महिला तथा युवतीहरू नयाँ कपडा तथा परम्परागत लेहंगा, बिलाउज, चोलियालगायत पहिरनमा सजिएर लाइनबद्ध भएर अष्टिम्की टिक्न जाने बताउँछन् थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी । जुन अवस्था निकै रोचक र हेर्नलायक हुने बताउँदै संयोजक चौधरीले ब्रतालु महिलाहरूले प्रसादको रुपमा काँक्रो, कुन्ढ्र्रु, आम्बालगायत फलफूल लैजाने उल्लेख गरे । जहाँ पूजा पश्चात लगिएका फलफूल बाँडेर खाने गरिन्छ ।

त्यस्तै, रातभरी त्यही पूजा कोठामा पृथ्वीको उत्पत्ति, श्रीकृष्ण जन्म र लिला समेतिएको गीत गाउने समेत प्रचलन रहिआएको संयोजक चोधरीले बताए ।

अर्को दिनपनि विहानै ब्रतालु महिलाहरूले अघिल्लो दिन झै टिक्ने गर्दछन् । तत्पश्चात अघिल्लो र पछिल्लो दिन टिक्ने क्रममा लगिएका विभिन्न पूजा सामग्री नजिकको नदी, खोलामा सेलाउन जान्छन् । त्यहाँबाटै उनीहरू नुहाएर घर फर्कन्छन् ।

उता, घरमा ब्रतालु महिलाहरूका परिवारजनले खरिया, फुलौरी, माछाको सुकुटी, आचारलगायत विभिन्न परिकार बनाएर तयार पारेका हुन्छन् । जुन परिकारलाई ती ब्रतालु महिलाहरूले ‘फरहार’ गर्छन् ।

विभिन्न परिकारहरूको आधा भाग खानुभन्दा पहिलै टपरी तथा दुनामा छुट्याएर राख्नुलाई थारु समुदायमा फरहार भनिन्छ । फरहार पश्चातमात्रै ब्रतालु महिलाहरूले खाना खान्छन् । यसरी फरहारको क्रममा दुना र टपरीमा छुट्याएर राखिएका परिकारलाई आफ्नो विवाहित चेलीबेटीहरूलाई  अग्रासन (कोसेली) को रुपमा दिन जाने प्रचलन समेत रहँदै आएको छ ।

यसरी एकातिर, थारु समुदायमा अष्टिम्की पर्व असत्य माथि सत्यको जीतको खुसियालीको रुपमा मनाइन्छ भने अर्कोतिर, विवाहित चेलीहरूलाई अग्रासन दिन जाने प्रचलनले समाजमा भाईचाराको भावना जागृत गर्दै आएको थारु बृद्धिजीवीहरूको भनाई छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x