टिभिएस ग्राण्ड दशैं एक्सचेन्ज मेला आजबाट, ६ दिनसम्म चल्ने मेलामा यस्ता छन् ग्राहकलाई अफरहरू


नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आजबाट टिभिएस ग्राण्ड दशैं एक्सचेन्ज मेला शुरू गरेको छ । 


Advertisement

काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको उक्त मेला ६ दिनसम्म चल्ने छ ।  


Advertisement

यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ उपहारको बर्षाको साथ ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर  त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घरमा लान सक्नेछन् ।

यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १० हजार रुपैयाँसम्म मुल्याङ्कन पाउनेछन्।


Advertisement

त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाखसम्म र किनिसकेपछि १० लाख रुपैयाँसम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

त्यसको लागि नयाँ सवारी किन्न इच्छुक ग्राहकले tvsnepal.com/Dashain मा जानुपर्ने हुन्छ। यसैगरी 0%  ब्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ । 
यस अफरमा प्रिबुकिङ गरेमात्र पनि ग्राहकहरुले २ हजार रुपैयाँ बराबरको आकर्षक उपहारको व्यवस्था पाउनेछन् ।

यस योजनाको मुख्य आकर्षणको केन्द्र  एक्सचेन्जमा ई.एम्.आइ अफर रहेको छ,  जहाँ ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मुल्याङ्कन बराबरको रकम डाउनपेमेन्ट स्वरुप तिरेर बाँकी रकम इ.एम्.आइको शुरुवाती दर   ५ हजार ९ सय ९९ रुपैयाँ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्नेछन् । 

यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इ.एम्.आइ र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको कम्पनीले जनाएको छ। 
त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्टराइड गरे मात्र पनि ग्राहकले उपहार प्राप्त गर्नेछन्।

यस मेलाको उद्घाटन शंकर ग्रुप तथा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले गरेका थिए ।

उनले उद्धाटन समारोहमा भने, 'टिभिएसले सधैं नेपाली अटो मोबाइल प्रेमीको चाहना मध्यनजर गर्दै बजारमा नयाँ र नवीनतम प्रविधिका मोटरसाइकल तथा स्कुटर नेपालमा भित्र्याउने गरेको छ। नेपालीहरुको महान चाड बडादशैँको मुखमा आएको यस एक्सचेन्ज मेलाले ग्राहकलाई नयाँ सवारीका साथ दशैंमा थप खुसियाली प्रदान गर्नेमा हामी विश्वस्त छौं ।'

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्