×

NMB BANK
NIC ASIA

यी हुन् क्यान्सर गराउने खानेकुरा, पोलेको मासु सबभन्दा घातक

असोज ७, २०७८

NTC
Premier Steels

क्यान्सर एक खतरनाक रोग हो । शुरूको चरणमा पत्ता लाग्यो भने त क्यान्सर निको हुन सक्छ तर धेरै ढिला गरी थाहा पाइयो भने क्यान्सरले ज्यान लिएरै छाड्छ । हिजोआजको प्रदूषित वातावरणमा क्यान्सरजन्य खानेकुराको मात्रा बढ्दो छ । त्यसैले के खाँदा क्यान्सर हुन्छ भन्ने जानिराख्नुमा बुद्धिमत्ता हुन्छ :

Muktinath Bank

पोलेको रातो मासु
पोलेको खानेकुरा खान मीठो त हुन्छ तर मासु पोल्दा त्यसमा क्यान्सर जन्माउने पदार्थ हेटेरोसाइक्लिक अरोम्याटिक अमिन्स निस्कन्छन् । मजाले रातो मासु पोल्नुभयो भने यसले मासुमा रासायनिक तथा आणविक परिवर्तन ल्याउँछ अनि क्यान्सर जन्माउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माइक्रोवेभ पपकर्न
माइक्रोवेभमा फूल पारेको मकै खाँदा फोक्सोको क्यान्सर हुनसक्ने प्रमाण भेटिएका छन् । सिनेमा हल र मलहरूमा बेचिने पपकर्नमा प्रयोग भएको कृत्रिम बटरमा डायासेटिल हुन्छ जुन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक छ । तपाईं मकै किनेर बरू आफैंले हाँडीमा भुटेर खानुस् । थुप्रो पैसा तिरेर रोगी पपकर्न किन खानुहुन्छ ?


Advertisment
Nabil box
Kumari

बट्टाबन्द खानेकुरा
बट्टामा थुनेर राखिएका खानेकुरा हानिकारक हुन्छन् । धेरैजसो बट्टाहरूमा बाइस्फेनोल—ए नामक वस्तुको प्रयोग गरिएको हुन्छ । यो पदार्थले मुसाको दिमागका कोषिका परिवर्तन गरेको पाइयो । प्लास्टिकका धेरैजसो सामान र कतिपय टुथपेस्टमा पनि यो पदार्थ प्रयोग गरिएको पाइयो । यस्तो बट्टाबन्द खानेकुरा खानुभन्दा केही पनि नमिसाइएको ताजा तरकारी खानुस् ।

Vianet communication

चिनी
रिफाइन गरिएको चिनी क्यान्सर पैदा गर्ने सबभन्दा ठूलो कारण हो । यस्तो चिनी र यसबाट बनेको खानेकुरा खाँदा शरीरको इन्सुलिनको मात्रा बढ्छ अनि क्यान्सर कोषिकाहरू पनि बढ्छन् । यस्तो चिनी खानुभन्दा त सक्खर, मिश्री वा मह खानु ठीक हुन्छ ।

कोल्ड ड्रिंक्स
कोल्ड डिं«क्समा पोषणको मात्रा शून्य हुन्छ र क्यान्सर लगाउने तत्व धेरै हुन्छ । यस्तो पदार्थले तपाईंले अन्य खानेकुराबाट प्राप्त पोषणलाई समेत सोस्छ । तैपनि किन मान्छेहरू हत्ते गरेर कोल्ड ड्रिंक पिउँछन् कुन्नि ? डायट लेखिएका कोल्ड ड्रिंक्समा त झन् अस्पार्टेम भन्ने पदार्थ हुन्छ जुन मुसा मार्ने विष जत्तिकै खतरनाक हो ।

मैदा
मैदाको पुरी मीठो लाग्छ धेरैजनालाई तर यो खतरनाक पदार्थ हो । पीठोलाई रिफाइन गर्दा सबै पोषक तत्व हराएर जान्छन् । त्यसपछि पनि यसलाई क्लोरिन ग्यासले ब्लिच गराइन्छ किनकि यसो गर्दा बढी सेतो देखिन्छ र ग्राहकलाई आकर्षित गर्न सकिन्छ । मैदामा ग्लाइसेमिक इन्डेक्स उच्च हुन्छ जसले इन्सुलिन स्तर बढाउँछ अनि शून्य पोषण दिन्छ । चिनीको मात्रा बढाइदिएर शरीरलाई क्यान्सरतर्फ धकेल्ने काम यसले गर्छ ।

खाने तेल
खाने तेल निकाल्नलाई रसायनको प्रयोग गरिन्छ अनि गन्ध र स्वादका लागि अझै बढी रसायन थपिन्छ । त्यसमा बोसो पनि मिसाइएको हुन्छ जसले हाम्रो कोषिकाको मेम्ब्रेनको संरचनालाई परिवर्तन गरिदिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x