बैशाख २९, २०७९
महाकाली नदीमा तुइन विस्थापन गर्न सरकारले बनाएका दुईवटा झोलुङ्गे पुल निर्माण पूरा भइसक्दासमेत सञ्चालनमा आएका छैनन् । पुल निर्माण भएको तीन महिना बितिसके तर हस्तान्तरण हुन बाँकी भन्दै तालाबन्दी गरिएपछि स्थानीय ...
अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत फलाम आयात सम्बन्धमा गरिएको परिवर्तन स्वदेशी उद्योग प्रवद्र्धन र आयात प्रतिस्थापन गर्ने लक्ष्यअनुरूप भएको बताएका छन् ।
स्टिल बिलेट डन्डी तथा स्पन्ज आयातमा गरिएको भन्सार दर परिवर्तनमा विभाजित बनेका उद्यमीलाई मन्त्रालयमा बोलाएर गरिएको छलफलका क्रममा मन्त्री शर्माले त्यो परिमार्जनको प्रभाव अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेका छन्।
समितिको संयोजकमा राजस्व सचिव कृष्णहरि पुष्करलाई तोकिएको छ । समितिमा भन्सार विभाग, उद्योग विभागलगायतका सरोकारवाला निकायका अधिकारी रहने उनले जानकारी दिए ।
समितिलाई स्पन्ज उद्योगबाट हुने वातावरणीय प्रभाव, रोजगारी सिर्जना, मूल्य अभिवृद्धिमा पर्ने प्रभाव तथा अन्तर्राष्ट्रिय परिवेशको अध्ययन गरेर अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न मन्त्री शर्माले निर्देशन दिए ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत विगतमा स्पन्ज आइरनमा लाग्दै आएको ५ प्रतिशत भन्सारलाई शून्यमा झारेको थियो भने बिलेटमा २.५ प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको थियो । यो व्यवस्थाको स्पन्ज आइरनबाट बिलेट उत्पादन गर्ने नेपाली उद्यमीले स्वागत गरेका छन् भने बिलेट आयात गरेर डन्डी उत्पादन गर्दै आएका उद्यमीले सरकारको विरोध गर्दै आएका छन् ।
छलफलमा मन्त्री शर्माले राष्ट्रिय अर्थतन्त्रको प्रवद्र्धनमा सघाउ पुराउने गरी सवारीसाधन र फलाममा करका दर परिमार्जन गरिएको स्पस्ट पार्नुभयो । कुनै व्यापारी वा उद्यमीलाई के लाभ वा हानि हुन्छ भन्ने आधारमा यो निर्णय गरेका होइनौँ,” उनले भने, “हाम्रो स्पष्ट नियत अर्थतन्त्र प्रवद्र्धन गर्ने हो । अन्यथा व्याख्या नगर्नुहोला । ” नवलपरासीको धौवादीमा फलाम खानी सञ्चालन गर्ने प्रयासमा सरकार रहेको र त्यसका लागि पनि परिमार्जन गर्नुपरेको उनको भनाइ थियो । गोरखापत्र दैनिकमा खबर छ ।
महाकाली नदीमा तुइन विस्थापन गर्न सरकारले बनाएका दुईवटा झोलुङ्गे पुल निर्माण पूरा भइसक्दासमेत सञ्चालनमा आएका छैनन् । पुल निर्माण भएको तीन महिना बितिसके तर हस्तान्तरण हुन बाँकी भन्दै तालाबन्दी गरिएपछि स्थानीय ...
शुक्रवार देशैभरि एकै दिन स्थानीय तहको निर्वाचनका लागि मतदान हुँदै छ । ७ सय ५३ स्थानीय तहका लागि भइरहेको निर्वाचनमा विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारसमेत प्रतिस्पर्धामा रहेका छन् । यसअघि कहिल्यै...
पछिल्लो एक सातामा मुलुकभर झन्डै छ करोड लिटर पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल) खपत भएको छ । स्थानीय चुनावका कारण मुलुकभर इन्धनको माग बढेको हो । नेपाल आयल निगमका अन...
राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७७/७८ मा १५ हजार ४ सय ९ जना पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिएको छ । यसरी सम्पति विवरण नबुझाउनेहरू कारबाहीमा पर्ने भएका छन् । सर्तकता केन्द्रक...
बुधवार सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । मङ्गलवार प्रतितोला ९८ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधवार एक हजार रुपैयाँले घटेर ९७ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँ...
लामो समयदेखि अलपत्र ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त विद्युत् आयोजना भारतीय कम्पनीलाई बनाउन दिने संकेत देखिएको छ । सरकारले आफ्नै लगानीमा उक्त आयोजना बनाउने भन्दै आए पनि अहिले भारतीय कम्पनी...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...