यसरी मनाउने दशैं

कृष्णहरि बास्कोटा
कृष्णहरि बास्कोटा

बास्कोटा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त हुन् ।

यसरी मनाउने दशैं

नेपालीको महान पर्व दशैं धुमधामसँग मनाउनु पर्छ । यो पर्व नेपाल बाहिर पनि विभिन्न मुलुकमा मनाउने गरिएको छ । 


Advertisement

विशेष गरी नेपालीले निधारमा टीका र कान वा कपालमा जमरा लगाएर विश्वमै आप्mनो पहिचान देखाई आएका छन् । समस्त नेपाली र विश्वभरिका हिन्दू धर्मावलम्बीलगायत सबैले कुनै न कुनै रुपमा यो पर्व मनाउन आरम्भ गरेका कारण यसको महिमा विश्वव्यापी रुपमा फैलिएको अनुभूति हुन्छ । 


Advertisement

आर्थिक पक्ष:

‘आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई’ भन्ने कथन नेपालमा चलेको छ । यसर्थ दशैंको आर्थिक पाटोलाई नियाल्दा यसलाई ‘घाँटी हेरी हाड निल्नुपर्छ’ को सिद्धान्तबाट स्वीकार गर्नुपर्छ । 


Advertisement

‘केटाकेटीले दशैं आयो, खाउँला पिउँला’ भन्ने गित गाउने गरेका छन् । यसबाट दशैंमा मीठो खानेकुरा खाने पर्वको रुपमा पनि बुझिन्छ । दशैंमा नयाँ लुगा लगाइन्छ । घरलाई लिपपोत गरी नयाँ बनाइन्छ । सक्ने र आवश्यकता भएकाले दशैंमा नयाँ मोटर किन्छन् । यसरी दशैंमा अन्य समयको तुलनामा आर्थिक क्रियाकलाप दोब्बर वा तेब्बरले वृद्धि हुने गर्छ । यसर्थ आमव्यापारी समुदायले पनि दशैंका बखत आम उपभोक्तालाई गुणस्तरीय मालवस्तु, सर्वसुलभ ढंगले उचित मूल्यमा उपलब्ध गराउनु पर्छ ।

दशैंमा नयाँ नोट प्रचलन गर्ने र दक्षिणामा नगद दिने गरिन्छ । यसरी नगद दिँदा खाममा राखेर नोट दिने र पाउनेले पनि नगदको संरक्षण गर्नुपर्छ । नोटमा अबिर वा पानी हाल्ने तथा जथाभावी ढंगले पट्याउनु हुँदैन । नोट निर्माणमा राष्ट्रको ढुकुटी खर्चिएको छ भन्ने बुझी त्यसको जतन गर्नुपर्छ ।

खाने पर्व:

दशैंलाई खाने पर्वका रुपमा पनि बुझिन्छ । यस पर्वमा घरघरमा खसी, बोकाको मार हानिन्छ । चिउरा र चामलका नयाँ बोरा आउँछन् । सेलरोटी पकाइन्छ । 

तर, प्रत्येक व्यक्तिले आप्mनो शारीरिक अवस्था, पाचन शक्ति, सन्तुलित आहार सबै दृष्टिकोणले खानाको उपयोग गर्नुपर्छ । दशैं भन्दैमा जथाभावी रुपमा अर्जिण हुने गरी खानु हुँदैन । दशैंमा कोचीकोची खाँदा स्वास्थ्यमा समस्या हुन सक्छ, यसमा सबै चनाखो हुनुपर्छ ।

निकै वर्ष अघि हामी निकै गरीब थियौं । अधिकांशलाई वर्षभरि खान पुग्दैनथ्यो । कैयौंलाई बिहान खाएपछि साँझ के खाने भन्ने समस्या थियो । हाल पनि मुलुकमा गरीबी विद्यमान भए पनि असाध्यै गरीबी भने छैन । यसर्थ परम्परा थेग्ने नाममा विना परिश्रम दशैंको १५ दिन कोचीकोची खानु सर्वथा अवैज्ञानिक छ । 

मांशाहारी प्रवृत्ति:

नेपालीले दशैंमा जनावरको काटमार गर्ने प्रचलन चलाएका छन् । समयानुसार यसमा सुधार ल्याउनुपर्छ । धैरै अनुसन्धानले अधिक मासु खाँदा लाभ भन्दा हानि हुने देखाएका छन् । यसर्थ मासु खाँदा सन्तुलनको सिद्धान्त पालना गर्नुपर्छ ।

घरघरमा जनावरको बलि दिएपछि तिनको रक्ति, आन्द्राभुँडीलगायतको परिकार बनाएर खाँदा सफाइमा विशेष ध्यान दिनुपर्छ । साथै जनावरको रौँ खौरिँदा होस् नपुर्‍याउँदा पनि मानिस बिरामी हुने गरेका छन् । यसर्थ रोग नलागेका जनावरको सुरक्षित मासुको सेवन गर्नुपर्छ । जनावरलाई स्लटर हाउसमा लैजानु पर्छ । शाकाहारी मानिसको संख्या पनि बढ्दै गएकाले तिनको भावनाको पनि कदर गर्नुपर्छ । 

मदिरा निषेध:

दशैंमा एकाथरि मानिसले खुशीयाली बनाउने नाममा मदिरा सेवन गर्ने गरेका छन् । यसलाई पूर्णतः निषेध गर्नुपर्छ । एकैपटक पूरै निषेध गर्न नसके पनि क्रमशः नियन्त्रण गर्दै जानुपर्छ । यस पंक्तिकारले मदिरामुक्त नेपालको अभियान आरम्भ गरेको छ ।  

तथापि दशैंमा मदिरा सेवन गर्ने सबैले आप्mनो स्वास्थ्यको ख्याल गर्नुका साथै घर परिवार र समाजमा आप्mनो प्रतिष्ठाको मनन गर्नुपर्छ । मदिरा सेवनले शरीरमा गर्ने असर र यसले घरका केटाकेटीमा पार्ने प्रभाव दुवै अत्यन्त घातक छन् । यी सबै कुरा बुझेर पनि दशैंमा रमाउने निहुँमा, मासु पचाउने नाममा र साथीभाइ जुटाउनका लागि मदिराको उपयोग गर्नु हुँदैन । 

जुवातास बर्जित:

दशैंको विकृतिमा जुवातास खेल्ने, लंगुर बुर्जालगायतमा पैसा राख्ने गरिन्छ । यसलाई सबैले पूर्णतः निषेध गर्नुपर्छ । नेपालको कानूनले जुवा हान्न र तास खेल्न निषेध गरेको छ । यस समयमा प्रहरीहरू पनि विशेष सक्रिय हुने गर्दछन् । 

यसर्थ दशैंमा जुवा र तासको खालबाट जुवाडेहरू पक्राउ भन्ने समाचारसहित यस्तो महान पर्वमा प्रहरी खोरमा पुग्दा कति नमज्जा होला ? सबैले यसलाई अति गम्भीर र संवेदनशील विषयका रुपमा ग्रहण गर्नुपर्छ । हो, राणाकालमा दशैंमा सीमित अवधिका लागि कौडा खुल्ला गरिन्थ्यो रे । हाल यस्तो प्रचलन छैन । कानूनद्वारा बर्जित विषयमा कोही पनि सहभागी हुनु हँुदैन । 

फजुल खर्च:

आर्थिक रुपमा कमजोर मानिसले दशैंलाई दशाको रुपमा पनि बुभ्mने गरेका छन् । यसर्थ आप्mनो आर्थिक हैसियतअनुसार यस पर्वलाई मनाउनु पर्छ । अर्काको देखासिकी गरेर फजुल खर्च गर्नु हुँदैन । 

अनावश्यक रुपमा अर्कालाई देखाउन खसीबोका किन्नु हुँदैन । लुगाको कुनै खाँचो छैन भने जबरजस्ती नयाँ लुगा किन्नु हुँदैन । बरु दशैंको दक्षिणाका रुपमा स्कुल र कलेजका लागि आवश्यक सामग्री खरिद गर्न सकिन्छ । घरमा आवश्यक भएको वस्तु खरिद गर्न सकिन्छ । थोत्रिएको सामान हटाएर नयाँ वस्तु खरिद गर्न सकिन्छ । 

सीमित दक्षिणा:

दशैंको दक्षिणाका विषयमा व्यवहारिक हुनुपर्छ । आर्थिक रुपमा सक्षम ज्वाइँ छोरी वा भान्जा भान्जी वा दिदी बहिनीलाई अर्थिक रुपमा कमजोर आमाबुबा, मामामाइजु वा दाजुभाइले ठूलो रकम दक्षिणामा दिनु पर्दैन ।

दशैंमा आर्शीवाद दिने हो । कोशेली दिने होइन । आपूmसँग जे छ, सोही चिज उपहार दिने हो । यसअनुसार खेती किसानी गर्नेले उपहारमा हरियो तरकारी, दही दूध दिनुपर्छ । लेखकले किताब उपहार दिए हुन्छ । गायकले सिडी उपहार दिन सक्छन् । कलाकारले आप्mनो पेन्टिङ दिन सक्छन् । उद्यमीले आप्mनो उद्योगको उत्पादन उपहारमा दिन सकिन्छ । यथार्थमा दशैंमा पाका मानिसबाट आर्शीवाद लिने हो, दक्षिणा लिने होइन । ज्येष्ठ नागरिकको हातबाट टीका लगाउन पाएकोमा गर्वको अनुभव गर्नुपर्छ । 

पाकालाई उपहार:

दशैंमा ज्येष्ठ नागरिकलाई भने केही उपहार दिनुपर्छ । उहाँहरूलाई आवश्यकतानुसार लौंरो उपहार दिनुपर्छ । उपहारमा टर्च लाइट दिन सकिन्छ । हट ब्याग पनि राम्रो उपहार हुन सक्छ । थर्मस अर्को दामी उपहार हो । 

यसै गरी गलबन्दी र पछ्यौरी उपहार दिएर आमाबासँग आर्शीवाद लिन सकिन्छ । उहाँहरूलाई सुगरफ्री बिस्कुट दिनुपर्छ । काजु किसमिसको सफा प्याकेट दिन सकिन्छ । देवी देवताका फ्रेम हालेका तस्वीर दिन सकिन्छ । नेपाल चिनाउने पोस्टरलाई माउन्ट गरेर उपहार दिन सकिन्छ । यो उमेरमा रेडियो पनि राम्रो उपहार हुन्छ ।

पाहूनाको सत्कार:

दशैंका पाहूनालाई नेपालभित्रकै अर्गानिक उत्पादनका बस्तुको परिकार खुवाउन सकिन्छ । पाहुनालाई नेपाली एभोकाडो, मुस्ताङको स्याउ, ड्रागन फ्रुट्स्, ककनीको स्ट्रबेरीलगायतको फलपूmल चखाउँदाको क्षण निकै रोमाञ्चक हुनेछ । हामी दशैंंमा पाहूनालाई जबरबस्तीरुपमा बासी मासु खुवाउँछौं । सबैतिर सुगर रोग फैलिए पनि मिठाई दिन पछि पर्दैनौं । नाइँनाइँ भने पनि जनावरको आन्द्राभुँडी चखाउन खोज्छौं । यसबाट पाहूनाले हामीलाई स्याबास होइनन्, बिरामी भएर धारे हात लाउँछन्, जसको ख्याल गर्नैपर्छ । 

रोमाञ्चक दशैँः

दशैंमा धर्ती छोड्न पिङ खेल्ने चलन छ । यसै गरी दशैंमा चंगा उडाउने प्रचलन पछि छ । घटस्थापनाको दिन जमरा छरेर टीकाको दिन जमरा लगाउने गरिन्छ ।

सुरक्षा निकायमा पनि दशैंलाई शक्तिको प्रतीक मानेर धुमधामसँग यो चाड मनाइन्छ । देवीले दानवी शक्तिलाई परास्त गरेको पर्वका रुपमा मनाइने दशैंले हामीलाई गलत सोचाइ त्याग्न, गैरकानूनी कार्यमा संलग्न नरहन, उच्च नैतिकताको पालना गर्न, सद्विचार भित्र्याउन र सबै प्रकारका गलत प्रवृत्ति परित्याग गर्न सन्देश दिने गर्दछ ।

सञ्चारको माध्यमबाट नियाल्दा दशैंमा एकअर्काको उन्नति र प्रगतिसँग साक्षात्कार हुने र सामाजिक सञ्जाललगायतबाट सबैमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । कैयौँले चियापान कायक्रमको आयोजना पनि गर्छन् । यसरी यस चाडलाई नितान्त उल्लासका साथ मनाउनुपर्छ । 

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागका सहप्राध्यापक डा. कुन्दन अर्याल यसलाई सामाजिक सांस्कृतिक सञ्चारको पर्वका रुपमा लिन सुझाउनु हुन्छ । उहाँका अनुसार दशैं सौम्य र सदभावको पर्व हुनुपर्छ । यस पर्वमा राष्ट्रिय ढुकुटीको रकम फजुल खर्च गर्नु हुँदैन । हालका दिनमा राजनीतिक दलहरूले चियापानको कार्यक्रम आयोजना गर्ने गरेकोमा डा. अर्याल प्रसन्नता व्यक्त गर्नुहुन्छ ।

गोरखापत्रका पूर्व प्रधान सम्पादक कमल रिजालका अनुसार यस पर्वले शक्तिको सदुपयोग गर्न र दुरुपयोग नगर्न सन्देश प्रवाह गर्दछ । यस पर्वले धेरै क्षेत्रमा काम गर्न उत्प्रेरित गर्ने गरी देवीका धेरै हात देखिन्छ । यस पर्वका आध्यात्मिक र सामाजिक पक्ष स्वरुप शरीर र मनलाई शुद्ध बनाइन्छ । उहाँका अनुसार हालको १५ दिनको दशैंलाई ७ दिनमा झार्नुपर्छ । यस पर्वमा पशु बलिदिने प्रणाली हटाउनु पर्छ । यस समयमा मदिरा उत्पादन रोक्नुका साथै आयात निषेध गर्नुपर्छ । साथै पटका पड्काउने र जुवातास नखेल्न नैतिक शिक्षामा जोड दिनुपर्छ । 

जाँदाजाँदैः 

यथार्थमा किसानले फुर्सदमा मनाउने पर्वका रुपमा दशैं विकसित भएको हो । साविकमा चैतमा मनाइने यस पर्वलाई वर्षात्को अन्त्य र जाडो मौसमको आगमनसँगै मनाउन थालिएको हो ।

बाह्य रोजगारीमा गएका लाहुरेहरू घर फर्किने पर्व पनि दशैं नै हो । दशैंबाट नयाँ कामको शुभारम्भ पनि गरिन्छ । कैयौँले दशैंबाट नयाँ दाम्पत्य जीवन पनि आरम्भ गर्छन् । यसरी आमनेपालीका लागि दशैं स्वर्णिम राष्ट्रिय पर्व हो । यसर्थ सबैमा दशैंको हार्दिक मंगलमय शुभकामना । 

कृष्णहरि बास्कोटा
कृष्णहरि बास्कोटा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्