साउन २४, २०७९
जोर्डनबाट हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । नेगेभबाट हुनलागेको हतियार तस्करी मंगलवार विफल पारिएको इजरायली सेनाले बताएको हो । ८ वटा बन्दुकसहित ५ जनालाई पक्र...
बेलायतमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिनमा झन् बढेको देखिएको छ ।
स्थानीय अधिकारीले बुधवार बेलायतमा मध्य जुलाईपछिकै सबैभन्दा धेरै संक्रमित देखिएको बताएका छन् ।
बेलायतका स्वास्थ्य अधिकारीले पछिल्ला केही दिनमा संक्रमण झन् बढेको पाइएको बताएका हुन् । सरकारी अधिकारीले बताएअनुसार बुधवार २४ घण्टामा पहिलो पटक ४२ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन् ।
सरकारले अघि सारेका स्वास्थ्य सम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका प्रयासका बाबजुत पनि संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।
सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ४२ हजार ६७७ जनामा एकैदिनमा संक्रमण भएको छ ।
यो समेत गरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ८२ लाख ७२ हजार नाघेको छ । बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १३६ जनाको मृत्यु भएको छ ।
बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यतिधेरै व्यक्तिको एकैदिन मृत्यु भएको बताए । यससँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण १ लाख ३८ हजार ८० जनाको मृत्यु भएको छ ।
बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये करीब ७ हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।
बेलायतका १६ वर्षमाथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करीब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।
जोर्डनबाट हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । नेगेभबाट हुनलागेको हतियार तस्करी मंगलवार विफल पारिएको इजरायली सेनाले बताएको हो । ८ वटा बन्दुकसहित ५ जनालाई पक्र...
चीनले ताइवान टापु वरपर विशाल सैन्य अभ्यासका साथ ताइवानमाथि आक्रमणको तानाबान बुनेको त्यहाँका परराष्ट्रमन्त्री जोसेफ वुले दाबी गरेका छन् । ‘ताइवान आक्रमणका लागि चिनियाँ सेनाले तयारी गरेको हो,&rs...
जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गरेका छन् । आफूलाई समर्थ...
चीनको एफएच–९५ सशस्त्र ड्रोनले हालै सफल परीक्षण गरेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले खबर दिएको छ । यसले देशको विद्युतीय युद्धक्षमतामा नयाँ आयाम थप्ने ग्लोबल टाइम्स लेख्छ । बेइजिङबाट प्रकाशित...
म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ । व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख छ । म्यान्माको स्वतन्त्र अनुसन्धान संयन्त्...
अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको भए पनि चीन–रुस व्यापार थप उचाइमा पुगिरहेको छ । चीनबाट रुसतर्फ जाने सामानको निर्यात आकासिएको छ । अमेरिकी प्रतिबन्धका कारण पश्चिमी ब्रान्डहरू रुसबाट निस्क...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...