जेठ ४, २०७९
अमेरिकी सांसद मार्जरी टेलर ग्रीनले युक्रेन सरकारलाई सहायता गर्नु सम्पत्ति शुद्धीकरण जस्तो भएको दाबी गरेकी छन् । न्युजवीकसँगको अन्तर्वार्तामा ग्रीनले यस्तो दाबी गरेकी हुन् । अमेरिकाले युक्रेन सरकार...
बेलायतमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिनमा झन् बढेको देखिएको छ ।
स्थानीय अधिकारीले बुधवार बेलायतमा मध्य जुलाईपछिकै सबैभन्दा धेरै संक्रमित देखिएको बताएका छन् ।
बेलायतका स्वास्थ्य अधिकारीले पछिल्ला केही दिनमा संक्रमण झन् बढेको पाइएको बताएका हुन् । सरकारी अधिकारीले बताएअनुसार बुधवार २४ घण्टामा पहिलो पटक ४२ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन् ।
सरकारले अघि सारेका स्वास्थ्य सम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका प्रयासका बाबजुत पनि संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।
सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ४२ हजार ६७७ जनामा एकैदिनमा संक्रमण भएको छ ।
यो समेत गरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ८२ लाख ७२ हजार नाघेको छ । बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १३६ जनाको मृत्यु भएको छ ।
बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यतिधेरै व्यक्तिको एकैदिन मृत्यु भएको बताए । यससँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण १ लाख ३८ हजार ८० जनाको मृत्यु भएको छ ।
बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये करीब ७ हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।
बेलायतका १६ वर्षमाथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करीब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।
अमेरिकी सांसद मार्जरी टेलर ग्रीनले युक्रेन सरकारलाई सहायता गर्नु सम्पत्ति शुद्धीकरण जस्तो भएको दाबी गरेकी छन् । न्युजवीकसँगको अन्तर्वार्तामा ग्रीनले यस्तो दाबी गरेकी हुन् । अमेरिकाले युक्रेन सरकार...
अमेरिकाले भारतसँगको सुरक्षा सम्बन्ध गहिरो बनाउनका लागि सैन्य सहायता प्याकेजको तयारी गरिरहेको बताइएको छ । ब्लूमबर्ग पत्रिकामा छापिएको खबरअनुसार, अमेरिकाले भारतलाई ५० करोड डलर बराबरको सैन्य सहायता दि...
मरिउपोलको आजोभस्टालमा आत्मसमर्पण गरेका ९०० भन्दा बढी युक्रेनी सैनिकहरूलाई पुर्पक्षका लागि थुनाकेन्द्रमा पठाइएको रुसको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले अहिलेसम्म १७ सय ...
युक्रेनी सेनामा रहेको कुख्यात नवनाजी आजोभ रेजिमेन्टका एक कमान्डरले विपक्षी दलका सदस्यहरूको हत्याका विषयमा घमण्ड गरेका छन् । मार्च महिनाको आरम्भतिर युक्रेनको नियन्त्रणमा रहेको सेभेरोडोनेत्स्कबाट बेपत्ता बना...
इस्टोनियाका राष्ट्रपति अलार कारिसले रुसलाई एक्ल्याउन सम्भव नरहेको स्वीकार गरेका छन् । अमेरिकी पत्रिका न्युजवीकसँगको अन्तर्वार्तामा उनले यस्तो स्वीकार गरेका हुन् । ‘हामीले रुससँग अन्य तरिकाले...
भारतको सर्वोच्च अदालतले कांग्रेसी नेता तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्ध्रूलाई एक वर्षको कैद सजाय दिएको छ । सन् १९८८ मा भएको एक घटनामा सिद्धूलाई सजाय दिइएको हो । सिद्ध्रूले दुर्व्यवहार गरेकाले गुरनाम ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...