कात्तिक १७, २०८०
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
दशैंको टीकाको दिन शुक्रवार मानिसहरू नाचगान गर्दै सडकमा हिँडिरहेका देखिए । तराईमा मध्याह्नको चर्काे गर्मीको समेत कुनै पर्वाह नगरी नाचगान भइरहेको छ ।
माइकको चर्काे आवाजमा दुर्गामाताको भजनकीर्तन बजिरहेको छ । गाडीमा दुर्गामाताको मूर्ति सजिएका छन् ।
रङ्गीबिरङ्गी पोशाकमा सजिएका केही कन्याहरूले टाउकोमा कलश अड्याएका छन् । उनीहरू संगीतको तालमा कम्मर मर्काउँछन् तर भीडका बाँकी सदस्यको उन्मुक्त नाचगान रमाइलोले स्थानीयको ध्यान खिचेको छ ।
भर्खरै दशैंको साइतको टीका लगाएकाहरू सो दृश्य हेर्न कौसी र सडक पेटीमा निस्केका थिए र दुर्गा माताको मूर्तिको फूलअक्षता ग्रहण गरिरहेका थिए ।
रूपन्देही जिल्लाको ओमसतिया गाउँपालिका–१ का थारू समुदायले परम्परागत रूपमा यहीँ संस्कृति मान्दै आएका छन् ।
थारू समुदायका अगुवा विश्वनाथ मल्लाह भन्छन्, नवदुर्गाभरि ९ दिनसम्म व्रत बसी पूजाआजा गरेकोमा आज दशमीको दिन सेलाउन लागिएको हो । बुवाबाजेको पालादेखि नै यो चलन चल्दै आएकोमा हामीहरूले निरन्तरता दिएका हौं ।’
विश्वनाथले पहिले गाउँ छँदा पनि एक्लै यो पर्व आयोजना गर्थे । पछि शहर पसेर सबै थारू समुदायसँग ओमसतियामै सामूहिक रूपमा गर्दै आएको बताए ।
स्थानीय भगवान् दास मल्लाह पनि घरमा चाबी ठोकेर परिवारसहित नाचगान गर्दै दुर्गामाताको र्यालीमा हिँडेका छन् । उनका अनुसार ९ दिनसम्म फलफूल मात्र खाने र दशमीमा नदी किनारमा सेलाएपछि मात्र टीकाटालो गरी अन्न खाने चलन रहेको बताए ।
यस अवधिमा मानिसहरू नजिकको मन्दिर वा घरघरमै पनि बिहान–साँझ गरी दैनिक २ पटक पूजा गर्ने गर्छन् ।
यसो गर्दा नवदुर्गाले शक्ति प्रदान गर्नुका साथै मनले चिताएको पूरा गराउन मद्दत गर्ने धार्मिक विश्वास छ ।
र्याली ओमसतियाको कटैयादेखि शुरू भई ठूटेपिपल, अमुवा, पौवा हुँदै चिलियास्थित तिनाउ नदी किनारमा पुगेर नवदुर्गाको पूजा सेलाउने गरिएको छ ।
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...