
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता केसीले कांग्रेसभित्रको विवाद आपसमा मिलेरै समाधान गर्नुपर्ने बताए ।
‘नेताभन्दा नीति र व्यक्तिभन्दा विचार ठूलो हुन्छ,’ उनले भने । महाधिवेशनमा आफ्नो मतको सही सदुपयोग गर्न केसीले आग्रह गरे ।
लोकतन्त्र र पार्टीको आदर्श तथा सिद्धान्तलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा नेता केसीले जोड दिए ।
कांग्रेसभित्र हार्नेले जित्नेको सम्मान गर्ने वातावरण निर्माण गरे मात्र पार्टी बलियो हुने उनको भनाइ थियो । रासस