×

NMB BANK
NIC ASIA

भिडियो रिपोर्ट

लाखौं किसानमाथि सरकारको अक्षम्य अपराध– आफ्नो धान डुब्दैछ भनेर किसानले किन थाहा पाएनन् ?

कात्तिक ७, २०७८

NTC
Premier Steels

गत असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्मको बेमौसमी वर्षाका कारण भित्र्याउने बेलाको धान खेतमै खेर गयो । 

Muktinath Bank

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश १, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका किसानले धेरै धान खेतमै गुमाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाकेको धान काटेर किसानले खेतमा सुकाएका थिए । अचानक मौसम बदली भयो । घनघोर वर्षा भयो । खेत पोखरीमा बदलियो । धान डुब्यो । 


Advertisment
Nabil box
Kumari

खेतमा सुकाएको धान भिजेपछि किसानको वर्षभरीको खाद्यन्न त गुम्यो नै अर्को वर्षको लागि धानको बिउ समेत बाँकी रहेन । 

Vianet communication

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार तीन दिनमा देशभर करीब ६ अर्ब रूपैयाँ बराबरको धान बालीमा क्षति पुगेको छ । 

अहिले बाली भित्र्याउने मुख्य सिजन हो । यसबेलाको मौसम कृषकका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । 

जल तथा मौसम विज्ञान विभागले हरेक दिन बुलेटिन प्रकाशन गरेर सम्भावित मौसमको बारेमा जानकारी पनि गराउँछ । तर, मौसम विज्ञान विभागले दिएको मौसमबारेको जानकारी समयमै प्रभावकारी रूपमा किसानसम्म पुग्न सकेन । त्यही कारण किसानको वर्षभरीको मेहनत खेर गयो । 

मौसम विज्ञान विभागले दिएको मौसमसम्बन्धी जानकारी समयमा किसानसम्म नपुग्नुको मुख्य कारण सरकारी संयन्त्रबीचको समन्वयमा देखिएको भद्रगोल अवस्था हो । जिम्मेवार निकायहरू एकले अर्कोलाई दोष देखाएर पन्छिने गरेका छन् । 

यस्तो बेलामा मौसम विज्ञान विभाग आफैँले पनि बढी सक्रियता देखाउनुपर्दथ्यो । कृषि र सञ्चार मन्त्रालयलाई मौसमको जानकारी गराएर झकझक्याउनुपर्दथ्यो । तर, त्यसो हुन सकेन । त्यो कमजोरी मौसम विज्ञान विभागले महशुस भने गरेको छ । 

बाली भित्र्याउने बेला भएकाले कृषि मन्त्रालय आफैँले पनि छिनछिनमा कृषकलाई मौसम बारेको सूचना उपलब्ध गराउनुपर्ने हो । त्यसका लागि सञ्चार र सूचना प्रविधि मन्त्रालयको सहयोग लिन सक्थ्यो । तर, यी तीनवटै निकाय तँै चुप मैँ चुपको अवस्थामा बस्दा कृषकको वर्षभरीको गर्जो टार्ने माध्यम गुम्यो ।  

वर्षाका कारण छिटो पाक्ने जातका धानबालीमा क्षति पुगेको छ । कैलाली, कञ्चनपुर जिल्ला करीब ५० देखि ६० प्रतिशतसम्म धान उत्पादन हुने क्षेत्र हो । यसवर्ष समयमै पानी परेका कारण धानको उत्पादन १५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको थियो । सरकारी स्तरमा गरिएको अनुमान पूरा हुने देखिएको थियो, तर बेमौसमी वर्षाले सबैजसो धानबाली नष्ट गरिदिएको छ ।

मुलुकको कुल गार्हस्थ उत्पादनमा धानको मात्र करीब १५ प्रतिशत योगदान रहन्छ । यसपटक वर्षाले धानमा क्षति पुर्‍याउँदा आर्थिक वृद्धिमा समेत असर पर्ने निश्चित छ ।

सरकारी संयन्त्रको लापरवाहीका कारण पटक–पटक जनताले दुःख पाउँदै आएका छन । यस पटक पनि सम्बन्धित सरकारी निकाय जिम्मेवार नभइदिँदा हजारौँ हेक्टरको धानबाली खेर गयो ।

यस पटकको घटनाबाट पाठ सिकेर आगामी दिनमा मौसम सम्बन्धी सूचना प्रणाली व्यवस्थित गर्न सरोकारवाला निकायको बेलैमा चेत खुलोस् ।

पढ्नुहोस्, यो पनि :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x