२९ असार २०८३, सोमबार

वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सञ्चालन

वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सञ्चालन

भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) सञ्चालन भइरहेको छ । भक्तपुरको लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेजमा तेस्रो नेपाल हिउँदे पाठशाला सञ्चालन भइरहेको हो । ख्वप इन्जिनियरिङ कलेजको व्यवस्थापन र नामी नामक वैज्ञानिक खोज अनुसन्धान गर्ने संस्थाको आयोजनामा पाठशाला सञ्चालन भइरहेको हो ।

पाठशालामा देशी विदेशी १२० प्रशिक्षार्थी सहभागी छन् । उनीहरु न्यूनतम स्नातक उत्तीर्णदेखि पीएचडीसम्मका छन् । उनीहरुलाई विश्वका विभिन्न देशका ३० वैज्ञानिकले प्रशिक्षण दिइरहेका छन् । गत मङ्गलबारदेखि सुरु भएको पाठशाला यही पुस १६ गते सम्पन्न हुनेछ । प्रत्येक दिन बिहानदेखि बेलुकीसम्म ११ दिनसम्म प्रशिक्षण दिइने जनाइएको छ । 

आयोजक संस्था नामीका इन्जिनियर श्रेयासा पौडेलले संस्थाले वर्षमा एक पटक यस्तो पाठशाला चलाउँदै आएको जानकारी दिए । उनका अनुसार यो तेस्रो वर्षको तेस्रो पाठशाला हो । यस पाठशालामा विश्वका विभिन्न वैज्ञानिकले सहभागीलाई वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी जानकारी दिई त्यसका लागि सहयोग गर्ने ई पौडेलले जानकारी दिए । वैज्ञानिक खोज अनुसन्धानमा लाग्ने व्यक्ति तथा संस्थालाई सहयोग गर्न यस्तो पाठशाला चलाउँदै आएको उनले बताए । 

ख्वप इन्जिनियरिङ कलेजका ई उपप्राचार्य रवीन्द्र फोंजूले विकशित देशहरुसँगै विकासन्मुख देशहरु पनि वैज्ञानिक खोज अनुसन्धानमा अगाडि बढाउन यस्तो कार्यक्रम गरिएको जानकारी दिए । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) नाम दिइएको यो पाठशालामा नयाँ नयाँ अनुसन्धानबारे शोधपत्र निकालिने छ । आयोजक नामी संस्थाका अनुसन्धानकर्ता दण्डपानी पौडेलले कृत्रिम बौद्धिकतालाई पाठशालामा सही ढङ्गले उपयोग गर्ने विषयमा छलफल चलाइने बताए। 

रेडक्रस भक्तपुरमा पुनः थापा

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सभापतिमा पुनः मनोजकुमार थापा निर्वाचित भएका छन्। रेडक्रस भक्तपुरको १६ औँ जिल्ला अधिवेशनले पुनः थापालाई निर्विरोध निर्वाचित गरेको हो ।

त्यस्तै महिला उपसभापतिमा कृष्णेश्वरी हाडा, मन्त्रीमा परशुराम पाण्डे, उपमन्त्रीमा नारायणसुन्दर किलम्बू, महिला सदस्यमा लक्ष्मी अवाल, निर्मला खड्का र सुभद्रा काफ्ले निर्विरोध निर्वाचित भएका छन् । 

अधिवेशनमा उपसभापतिसहित केही पदाधिकारी र सदस्यमा निर्वाचन भएको थियो । निर्वाचनबाट उपसभापतिमा राकेश थापा, कोषाध्यक्षमा प्रदीप केसी र उपकोषाध्यक्षमा सूर्यबहादुर खाइतु निर्वाचित भए । त्यस्तै सदस्यमा लबकुमार कार्की, तुइलाल श्रेष्ठ, जनकप्रसाद न्यौपाने, सोमप्रसाद प्रधान, यज्ञ विक्रम थापा र किरण पौड्याल निर्वाचित भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्