×

NMB BANK
NIC ASIA

अनुसन्धानको दायरामा एसएसपी

चेक चोर्नेसँग मिलेर व्यापारी फसाउन खोज्दा आफैँ फसे एसएसपी सिंह, गृहद्वारा कारवाही सिफारिश

पुस १३, २०७८

NTC
Premier Steels

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुख रहँदा गैरव्यावसायिक काम गरेको भन्दै गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहलाई कारवाही गर्न सिफारिस गरेको छ । 

Muktinath Bank

बिजुलीबजारका राजकुमार बरालले आफू पीडित भएको भन्दै गृह मन्त्रालयमा निवेदन दिएका थिए । गृहले त्यसै निवेदनको आधारमा पुस ९ गते कारवाही गर्न सिफारिस गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यससम्बन्धी समिति गठन गरेर अनुसन्धान थालेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

‘गृहले पत्र पठाएबमोजिम गल्ती भएको हो/होइन त्यसको आवश्यक अनुसन्धान अगाडि बढेको छ,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी बसन्त कुँवरले भने, ‘के कसरी भन्दा पनि कारवाहीको प्रक्रिया अगाडि बढेको छ ।’

Vianet communication

प्रहरी प्रधान कार्यालयले केही दिन अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउने जनाएको छ ।

गृहको पत्र

के हो घटना ?

असोज २२ गते आरुबारीका सुभाष भेटवाललगायत पीडित भनिएका राजकुमार बराल नयाँ बानेश्वरस्थित एक कार्यालयमा मदिरा पिउँदै जुवा खेलिरहेका थिए । सो क्रममा बरालले बोकेको बैंक अफ काठमाडौं कमलादी शाखाको चेकको ७–८ वटा पाना हरायो । 

चेकका पाना हराएको भने उनले भोलिपल्ट मात्रै थाहा पाए । त्यसपछि उनले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र महानगरीय प्रहरी परिसर टेकुमा चेक हराएको उजुरी दिए । 

वृत्त बानेश्वरले चेक नभेटिएको जानकारी उनलाई गरायो । तर, महानगरीय प्रहरी परिसर टेकुले भने उनलाई बोलायो । तर, त्यहाँ हराएको भनिएको ७ वटा चेक (असोज २२ गते र केही चेक त्यसपछिको मितिमा काटिएको) सुभाष भेटवालले ल्याएर आए । 

सो चेकहरूमा दुई करोड २९ लाख रकम भरिएको थियो । भेटवालले बरालले आफूलाई जुवा खेल्दा खाली चेक दिएको र रकम भरेको प्रहरीसामु बताए । 

असोज २५ गते एसएसपी सिंहको आदेशमा मुद्दा शाखाका डीएसपी नरेन्द्र चन्दसमक्ष भेटवालले चेकहरू दाखिला गरेको बरालले गृह मन्त्रालयमा दिएको निवेदनमा उल्लेख छ । 

वृत्त बानेश्वरले पठाएको पत्र

‘डीएसपी सावले परीक्षणका लागि मेरो हस्ताक्षर लिएर पछि बोलाउँला, अहिले जानु भनेकाले म घर फर्कें,’ निवेदनमा लेखिएको छ, ‘हामीले तास खेलेको सीसीटीभी फुटेज, घटनास्थल मुचुल्कालगायतका प्रमाणसमेत संकलन गरिसकेका छौं भनी मुद्दा शाखाका डीएसपी सावले भन्नु भएको थियो ।’

बरालको निवेदनअनुसार भेटवाल परिसर टेकुमा आएपछि आफूलाई एसएसपी सिंहले अश्लील गालीगलौज र धम्की दिँदै तुरुन्त पैसा तिर्न भनेका थिए । 

‘अश्लील गालीगलौज र धम्की दिँदै पैसा तुरुन्त तिर होइन भने तँ व्यवसाय गर्ने मान्छे भएकाले तेरो कमीकमजोरी धेरै हुन्छन्, तलाई कुनै केसमा फसाई दिन्छु भनी धम्की दिन थाल्नुभयो,’ उनले आरोप लगाएका छन् । 

उनले आफूलाई केही घण्टा हिरासतमा लिएर थुनामासमेत राखिएको बताएका छन् । एसएसपी सिंहले सरुवा भएर जाने अन्तिम दिन पुस २ गते सुभास भेटवाललाई ७ वटा चेक फिर्ता दिएर गएको र त्यो कुरा आफूले पुस ६ गते चेक बाउन्स भएकाले थाहा भएको बताएका छन् । उनलाई चेक बाउन्स भएको बैंकले जानकारी दिएको थियो । 

उनले एसएसपी सिंहले आफूसँग छलफलसमेत नगरी रमाना बुझ्ने दिन भेटवाललाई बोलाएर सुटुक्क चेक दिने कार्य गर्नुपर्नेले बदनियत प्रमाणित भएको भन्दै यस विषयमा विशेष अनुसन्धान टोली गठन गरी छानबिन गर्न र भेटवाललाई कारवाही गर्न भन्दै गृह मन्त्रालयमा निवेदन दिएका हुन् ।

गृह मन्त्रालयमा बरालले दिएको निवेदन

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x