०३ साउन २०८३, आइतबार

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

 नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको छ । यसअघि प्रति विद्यार्थी मासिक १२ हजार लिइदै आएको होस्टेल शुल्क घटाएर अब कलेज प्रशासनले १० हजारमा झार्ने भएको छ । यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले पनि त्यसमा लचकता देखाएर होस्टलमै विद्यार्थी बसाउन तयार भएको छ । त्यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क तिर्न अभिभावकहरु तयार भएका छन् ।

 सहमतिपत्रमा नोबेल मेडिकल कलेजका तर्फबाट प्राचार्य प्रा.डा. रामहरी घिमिरे, सल्लाहकार डा.केपी शर्मा र प्रबन्धक नारायण प्रसाद दाहालले हस्ताक्षर गरेका छन् । यता, आन्दोलनरत विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै उनीहरुका अभिभावक वीरेन्द्र भगत, राजेन्द्र बहादुर थापा, प्रकाश फुयाल र रामकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्