जेठ १५, २०७९
लखन चौधरी धनगढी ः स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि राजनीतिक दलको ध्यान जिल्ला समन्वय समितितिर केन्द्रित भएको छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भएको ३० दिनभित्र समितिको पहिलो बैठक...
काठमाडाैं | माघ ९, २०७८
गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणलगायतबारे जानकारी लिएका छन् ।
गृहमन्त्री खाणले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमा नाका जोडिएका र सीमासँग नजिकका जिल्लाहरू कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।
उनले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सितलहर र त्यसबाट नागरिकलाई बचाउन गरिरहेको प्रयासबारे पनि जानकारी लिएका छन्।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले गृहमन्त्री खाणल बोर्डरमा एन्टीजेन्ट परीक्षण, स्वास्थ्य सेवा केन्द्रको अवस्था र सितलहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास र आगामी योजनाबारे जानकारी लिएको बताए ।
‘मुख्यगरी गृहमन्त्रीज्यूले सीमा नाकामा स्वास्थ्य सेवा केन्द्रले गरिरहेको काम, एन्टीजेन्ट परीक्षण, होल्डिङ सेन्टरको अवस्था र सितलहरबाट नागरिकलाई बचाउन भइरहेका प्रयासबारे जानकारी लिनुभयो,’ प्रजिअ कटवालले भने, ‘सीमा नाकामा जाँच कडाइ गर्न, होल्डिङ सेन्टरलाई तयारी अवस्थामा राख्न तथा सित लहरमा नागरिकलाई बचाउन विपद्बाट आएको रकमले दाउरा र कम्बल वितरण गर्न निर्देशन दिनुभयो ।’
गृहमन्त्री खाणले सीमाबाट भित्रने नागरिक जसको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ देखिन्छ, उनीहरूलाई आइसोलेशनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्याउने व्यवस्थाबारे पनि चासो राखेका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परीक्षणका क्रममा पोजेटिभ देखिएकालाई स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पु¥याउन गरिएको व्यवस्थाबारे गृहमन्त्री खाणले जानकारी लिएको बताए ।
‘घरमै आइसोलेसनमा बस्न चाहने संक्रमितलाई घरसम्म पु¥याउन गरिएको व्यवस्थाबारे जानकारी लिनुभयो । उहाँले संक्रमितलाई सहज रूपले घरसम्म पुर्याउने व्यवस्था गर्न, होल्डिङ सेन्टरलाई सञ्चालनमा ल्याउन एन्टीजेन्ट परीक्षण बढाउन र पोजेटिभ देखिएका तर भ्याक्सिन नलगाएकालाई भ्याक्सिनको व्यवस्था गर्न निर्देशन दिनुभयो,’ प्रजिअ दाहालले भने ।
झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले जिल्लामा कोभिड–१९ को स्थिति, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणबारे गृहमन्त्रीले टेलिफोनमार्फत जानकारी लिएको बताए ।
लखन चौधरी धनगढी ः स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि राजनीतिक दलको ध्यान जिल्ला समन्वय समितितिर केन्द्रित भएको छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भएको ३० दिनभित्र समितिको पहिलो बैठक...
तारा एयरको विमान हराइरहेको भनिएको मुस्ताङको कोवाङ क्षेत्रमा बाक्लो हुस्सु लागेपछि खोजी कार्यमा समस्या भएको छ । बाक्लो हुस्सु लागेको हुँदा उक्त क्षेत्रमा विमान खोज्नका लागि हेलिकप्टर समेत जान सकेका छैन ।&...
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । ९:५५ मा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य लिएर उडेको विमान १०:०७ देखि सम्पर्कविहीन भएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकार...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँ झै आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ । चालू आर्थिक वर्ष २०७८–७९ मा अघिल्लो आर्थिक ...
गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको 9N AET कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला ...
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान हराएपछि खोज्न गएको फिस्टेल एयरको हेलिकप्टर बीचबाटै डाइभर्ट भएको छ । मौसम खराबीको कारण हेलिकप्टर जोमसोममा डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...