बैशाख ३०, २०७९
संखुवासभाको चैनपुरमा ठूलो आवाजमा विस्फोट भएको छ । चैनपुर–४ को बालज्योति आदर्श स्कुल मतदान केन्द्रभन्दा करीब १५–२० मिटरको दूरीमा रहेको बाँसको झ्याङमा विस्फोट भएको आवाज आएको १ नम्बर प्रदेश ...
ललितपुरको धापाखेलमा एक पठाओ राइडर लुटिएका छन् । शुक्रवार राति काठमाडौंको कोटेश्वरबाट धापाखेल पुर्याएर पठाओ राइडरलाई लुटिएको हो ।
उदयपुर गाईघाट घर भई हाल काठमाडौंमा बस्दै आएका पठाओ राइडर प्रविन राईलाई सुमन तामाङ र मनराज राईले हात बाँधेर लुटपाट गरेको महानगरीय प्रहरी वृत्त सातदोबोटोका प्रमुख डीएसपी दिनेश घिमिरेले जानकारी दिए ।
उनका अनुसार पठाओ राइडर प्रविन राईलाई सुमनले काठमाडौंको कोटेश्वरबाट ललितपुरको धापाखेल पुर्याइदिन आग्रह गरेका थिए ।
तामाङले सामान्य रुपमा पठाओको विधि पूरा गरी लोकेसन हालेका थिए । त्यसपछि प्रविनले तामाङलाई धापाखेल पुर्याए ।
प्रहरीका अनुसार धापाखेलमा पुगेपछि तामाङले अर्को साथी मनराजलाई बोलाएर २ जना मिलेर लुटपाट गरी राइडरको मोटरसाइकल समेत लुटेर फरार भएका थिए ।
दुवै हात बाँधिएको अवस्थामा प्रविनलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि घटनास्थल पुगेको प्रहरीले प्रविनलाई अस्पताल पुर्याएर उपचार गरी अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीले लुटपाट गर्ने तामाङसहित दुवै जनालाई काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरेको हो ।
लुटेको मोटरसाइकल बेच्ने क्रममा प्रहरीले तामाङ र राईलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
संखुवासभाको चैनपुरमा ठूलो आवाजमा विस्फोट भएको छ । चैनपुर–४ को बालज्योति आदर्श स्कुल मतदान केन्द्रभन्दा करीब १५–२० मिटरको दूरीमा रहेको बाँसको झ्याङमा विस्फोट भएको आवाज आएको १ नम्बर प्रदेश ...
धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा १६ वटा मतपत्र बढी भेटिएपछि झडप भएको छ । मतपत्रको विषयमा झडप बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी...
नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाड...
स्थानीय तह निर्वाचनका बेला दोलखाको बैत्यश्वरमा गोली चलेको छ । दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी भोजर...
नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार...
सर्लाहीमा झण्डै १४ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका-८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तमकुमार यादवलाई १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित बुधवार राति प्रहरीले पक्राउ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...