×

Nic Asia
Marvel

क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड अवैध हुन्, कारोबार नगर्नू: राष्ट्र बैंक

काठमाडाैं | माघ ९, २०७८

TVS INSIDE

नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ अवैध भएकोले कारोबार नगर्न नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

नेपालमा यसको अवैध कारोबार हुने गरेको र सर्वसाधारण ठगिने गुनासो आउन थालेपछि राष्ट्र बैंकले आइतवार एक सूचना जारी गर्र्दै यस्तो कारोबार नगर्न आग्रह गरेको छ । कसैले यस्तो सूचनाको बेवास्ता गरी अवैध कारोबार गरेको पाइएमा कानून बमोजिम कारवाही हुने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ । 


Advertisment
NMB BANK
Saurya island

छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसहितको कारोबार हुने गरेकोले त्यसमा आबद्ध नहुन र कारोबार नगर्न राष्ट्र बैंकले आम सर्वसाधारणसमक्ष अनुरोध गरेको छ । 

भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसँग सम्बन्धित हाइपर फण्ड जस्ता कोषमा लगानी गर्न र जोसियल, क्राउड १, सोलेम्याक्स ग्लोबलजस्ता पिरामिड आधारमा नेटवर्किङमा आबद्ध नहुन तथा कारोबार नगर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।

Vianet communication
Maruti inside

नेपालमा विदेशी विनियम वा मुद्राको रूपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएकोले त्यस अनुसारका गैरकानूनी बित्तीय औजारमा आबद्ध भई कारोबार गर्न नहुने उल्लेख छ । 

यस्तो कारोबारबाट सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिने र स्वदेशी पुँजी पलायन हुने भएकाले नेपालमा यस्तो कारोबार अवैधानिक भएको राष्ट्र बैंकको भनाइ छ । यस्तो कारोबार वा व्यवसायमा नेपालबाट वा बाहिर बस्ने नेपाली कसैले पनि कारोबार गर्न नहुने र कारोबार गरेको पाइएमा कारवाही हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

TATA Below
NLIC
जेठ १३, २०७९

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार सार्वजनिक भएको उक्त समीक्षा अनुसार आयातमा दवाब पर्दा र डलर सञ्चिति घट्दै गएको अवस्थामा मौद्रिक नीतिले कडाइ गर्दै जाने उल्लेख ...

जेठ १३, २०७९

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेड बीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र...

जेठ १३, २०७९

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २०७८ पुस २ गतेको विज्ञापन अनुसार विभिन्न पदमा लिखित परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले खुला प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालनका लागि समय र परीक्षा केन्द्र समेत तोकिसकेको...

जेठ १५, २०७९

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले लुम्बिनी र कर्णाली  प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।  ज...

जेठ १३, २०७९

आगामी आर्थिक वर्षको बजेट आउने साताको अन्तिम दिनको कारोबारमा शेयर बजार १५.८२ अंकले घटेको छ ।  चुनावी परिणाम करीब सकिएको र आगामी आर्थिक वर्षको बजेट तयारी भइरहँदा शुक्रवार भएको शेयर कारोबार ०.७१ प्रत...

जेठ १५, २०७९

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चाँगुनारायण ०३ भक्तपुरमा अवस्थित मानव कल्याण समाज नामक संस्थालाई बीस थान वेड सिट लगायतका सामान हस्तान्तरण गरेको छ ।  बैंकले आयोजना गरेको ए...

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

जेठ १५, २०७९

हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...

गणतन्त्रमा राजैराजा !

गणतन्त्रमा राजैराजा !

जेठ १५, २०७९

दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

ad
x