०३ साउन २०८३, आइतबार

निक्षेप सातामै १३ अर्बले घटेपछि वाणिज्य बैंकहरूले रोके कर्जा विस्तार

माघ ११, २०७८
निक्षेप सातामै १३ अर्बले घटेपछि वाणिज्य बैंकहरूले रोके कर्जा विस्तार

निक्षेप घट्न थालेपछि वाणिज्य बैंकहरूले कर्जा विस्तार रोकेका छन् । माघ पहिलो साता वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ । 

नेपाल बैंकर्स संघले उपलब्ध गराएको माघ ७ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ । यस्तो निक्षेप अघिल्लो साता अर्थात पुस मसान्तसम्ममा ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो  । 

यो अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह करीब ठप्प छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले एक सातामा जम्मा एक अर्ब रुपैयाँमात्रै कर्जा विस्तार गरेका छन् ।

यो अवधिमा बैंकहरूको कर्जा विस्तार ४१ खर्ब ४३ अर्बबाट ४१ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ ।

कर्जा विस्तार घट्नुको कारण अधिकांश बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमाभन्दा माथि पुग्नुलाई मानिएको छ ।

माघ पहिलो साता वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ९०.४३ प्रतिशत रहेको छ । राष्ट्र बैंकले असार मसान्तको समय दिएर वाणिज्य बैंकहरूलाई सीडी रेसियो ९० प्रतिशतभित्रै राख्न निर्देश दिएको छ ।

मंगलवारसम्ममा १५ वटा वाणिज्य बैंकको सीडी रेसियो तोकिएको सीमा ९० प्रतिशतभन्दा बढी रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।  

राष्ट्र बैंकका अनुसार सीडी रेसियो सीमाभन्दा माथि गएकाले घटाउनुपर्ने र कर्जा विस्तार क्षमताभन्दा बढी भइसकेकाले पनि कर्जा प्रवाह रोकिएको बैंकर्सहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्