×

NMB BANK
NIC ASIA

व्यापारीको हत्यापछि खाडलमा पुरेको खुलासा, दुई शव भेटियो

माघ १३, २०७८

NTC
Premier Steels

मोरङको धनपालथान ७ को उखुबारीमा हत्या गरेपछि खाडल खनेर गाडेको अवस्थामा धरान ३ घर भइ भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको शव भेटिएको छ । उनी जग्गाको कारोबारी भएको खुलेको छ ।
उनी मंसिर पहिलो साता घरबाट व्यवहार मिलाउन पूर्व जान्छु भनेर हिँडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी भक्तपुरको लोकन्थलीमा बस्ने गरेका थिए । उनको केही बर्ष अगाडि धरानमा सुन व्यापारी समेत रहेको प्रहरीले जनाएको छ । जापानमा ८ वर्ष बिताएर स्वदेश फर्किएर काठमाडौंमा इलेक्ट्रोनिक पसल खोलेका थिए ।

Muktinath Bank

उनले विगत एक वर्षदेखि भने झापामा प्लटिङ गर्ने गरेका थिए । प्रहरीले राजेन्द्रको साथदेखि एनटिसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला परेको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । सोही ठाउँदेखि १५ मिटर पूर्व उखुबारीमा भेटिएको अर्का एक पुरुषको पहिचान भने खुलेको छैन । बुधबार राति खनाखत हुन नसकेका ती पुरुषको शव भेटिएपछि बिहीबार फेरि श्रेष्ठको  शव पनि भेटिएको हो।   
उखुबारीमा ५ फिट गहिरो खाडल खनेर गाडेको अवस्थामा श्रेष्ठको शव भेटिएको थियो । बिजुलीको पोल गाड्न खने जसरी खाडल खनेर शब गाडिएको पाइएको मोरङ प्रहरीले जनाएको छ ।  घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकान्त र उखुबारीको बीचमा शव गाडिएको पाइएको प्रहरीको भनाइ रहेको छ । रातको समयमा शब खाल्डोमा पुरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
मृतक श्रेष्ठका  दुई छोरा एक छोरी र श्रीमती रहेका छन् ।


Advertisment
Nabil box
Kumari

श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम समेत देखिएको छ । उनको हत्या गरेपछि ७ फिट गहिरो खाडल खनेर शव गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शव फेला परेको उखुबारी स्थानीय बरजंगी सिंहको हो ।
 बिहीबार एउटा खाल्डोबाट शव निकालिएको स्थानदेखि करिब ३० मिटर पूर्व गंगाप्रसाद सिंहको उखुबारीमा ३०–३५ वर्षका अर्का एक जना पुरुषको शव बुधबार राती भेटिएको थियो । दुवै शवको प्रकृति एकै खाले तरिकाले खाडल खनेर गाडेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका एसपी जिसीले जानकारी दिए ।

Vianet communication

उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटाएका थिए । शङ्कास्पद खाल्डो भेटिएपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा पुरुषको शव भेटिएको थियो ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x