×

NMB BANK
NIC ASIA

प्रचार अभावले ओझेलमा कृष्णसार संरक्षण क्षेत्र, अर्कातिर संरक्षणमा चुनौती

माघ २०, २०७८

NTC
Premier Steels

बर्दिया जिल्लाको खैरापुर लोपोन्मुख कृष्णसारको प्राकृतिक एवं स्थायी बासस्थान हो ।

Muktinath Bank

लोपोन्मुख कृष्णसारको प्राकृतिक बासस्थान रहेको एसियाकै एक मात्र स्थान भए पनि प्रचारप्रसारको अभावमा यहाँ पर्यटकीय गतिविधि निकै न्यून छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्कातर्फ कृष्णसारको संरक्षणमा पनि चुनौती छ ।


Advertisment
Nabil box
Kumari

कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुर गुलरिया बर्दियाको गणना अनुसार अहिले यहाँ १६५ कृष्णसार छन्, तिनमा ४१ भाले र १२२ पोथी तथा २ बच्चा रहेको तथ्यांक छ ।

Vianet communication

लोपोन्मुख कृष्णसार पाइने एक मात्र ठाउँ भए पनि पर्यटक आवागमन निकै न्यून रहेको रेञ्जर आशिष त्रिपाठीले बताए ।

‘प्रचार प्रसारको कमीका कारण यो ठाउँ पर्यटकीय क्षेत्रका रूपमा विकसित हुन सकेको छैन । अन्तर्राष्ट्रिय पर्यटकको भ्रमण एकदम कम मात्र छ ।

स्थानीय पर्यटक भने दिनको १५ देखि २० जना आउने गरेका छन्,’ त्रिपाठीले लोकान्तरसँग भने ।

१६.९५ हेक्टरमा फैलिएको संरक्षण क्षेत्रमध्ये ५.५ हेक्टरमा कृष्णसारहरूको बसोवास रहेको छ, जसलाई तारबारले घेरिएको छ । 

कृष्णसारहरू झुण्डमा बस्ने गर्छन् । उनीहरूको मुख्य आहारा घाँस हो ।

संरक्षण कार्यलयले घाँसको कमीका बेला कोदो, जौ, मुसुरोजस्ता अन्न बालीहरू पनि दिने गरेको छ ।

यस लोपान्मुख प्रजातिलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि सारिएको छ ।

यादव समुदायको बसोबास रहेको खैरापुरमा कृष्णसारलाई भगवान कृष्णको अवतार पनि मानिन्छ ।

त्यसकारण कृष्णसारको शिकार नगन्य छ ।

संरक्षणमा चुनौती

कृष्णसार संरक्षण क्षेत्र भनिएता पनि क्षेत्रभित्रै रहेको बस्ती अहिले कृष्णसार संरक्षणको मुख्य चुनौती बनेको छ ।

रेञ्जर आशिष त्रिपाठीका अनुसार, १४२ घरधुरी रहेको उक्त बस्ती हटाउन पटकपटक पहल हुँदा पनि अहिलेसम्म हटाउन नसक्दा व्यवस्थापन मुख्य चुनौती बन्न पुगेको हो । 

त्यसैगरी संरक्षणभित्रै निर्मित गौशाला पनि कृष्णसार संरक्षणको अर्को चुनौतीका रूपमा रहेको छ ।

९ सयभन्दा बढी छाडा गाईवस्तु रहेको उक्त गौशाला पनि संरक्षण क्षेत्रभित्र नै रहेको छ । 

चरणका क्रममा उनीहरूबाट सर्ने विभिन्न रोग पनि कृष्णसार संरक्षणको एउटा मुख्य चुनौती हो । ती रोगहरूका कारण कृष्णसार मर्ने गरेका छन् ।

संरक्षण क्षेत्रभित्रकै बस्तीमा भुस्याहा कुकुरको टोकाइबाट पनि कृष्णसारहरू मर्ने गरेका छन् ।

चितुवा र हाइना जस्ता जंगली जनावरको आक्रमणमा पनि कृष्णसार पर्ने गरेको छ ।

गत वर्ष मात्रै चितुवाको आक्रमणमा परी ६५ कृष्णसार मरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x