×

NMB BANK
NIC ASIA

शेयर बजारमा १०० अंकको पहिरो, किन आत्तिए लगानीकर्ता ?

फागुन १, २०७८

NTC
प्रतीकात्मक तस्वीर ।
Premier Steels

बैंकहरूले ब्याजदर १ प्रतिशत बढाउँदा शेयर बजारका लगानीकर्ता आत्तिएका कारण नेप्से परिसूचक १००.६७ अंकले घटेको छ । 

Muktinath Bank

साताको पहिलो दिन आइतवार शेयर बजार एकैदिन ३.५९ प्रतिशतले घटेर २७००.८९ अंकमा झरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई साता अगाडि मात्रै २९ सय अंकमा पुगेको नेप्से परिसूचक आइतवारसम्ममा करीब २०० अंकले घटिसकेको छ । 


Advertisment
Nabil box
Kumari

बजार घटेको दिन २२७ कम्पनीको एक करोड १६ लाख ६१ हजार कित्ता शेयर ८१ हजार ८३७ पटक किनबेच भएको छ । यस्तो किनबेचबाट ५ अर्ब ९७ करोडको कारोबार भएको छ । 

Vianet communication

बजार घटेको दिन नबिल समृद्धि फण्डले १.९२ प्रतिशत, सनराइज ब्लुचिप फण्डको १.१० प्रतिशतले, नबिल ब्यालेन्स फण्डको ०.७३ प्रतिशत, मेगा म्युचुअल फण्डको ०.५५ प्रतिशत, लक्ष्मी उन्नति कोषको ०.१९ प्रतिशतले शेयर मूल्य बढेको छ । 

बजार घटेका कारण नेप्सेमा सूचीकृत अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आइतवार सबैभन्दा बढी गुमाउनेमा माथिल्लो तामाकोशी हाइड्रोपावरका लगानीकर्ताले ८.३७, नारायणी डेभलपमेन्ट बैंकले ८.२६ प्रतिशतले गुमाएका छन् ।

यसका साथै शिव श्री हाइड्रोपावर, विन नेपाल लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतभन्दा बढीले गुमाएका छन् । 

आइतवार सबै भन्दा बढी शेयर कारोबार माथिल्लो तामाकोशीको ३२ करोड  ८४ लाख रूपैयाँको भएको छ । आज सबैभन्दा बढी कित्ता किनबेच हुनेमा भने नेपाल पूर्वाधार विकास बैंकको ६ लाख ८५ हजार ५३ कित्ता शेयरको कारोबार भएको छ । 

बजार घटेका कारण लगानी समूहको सूचक सबैभन्दा बढी ५.०३ प्रतिशतले घटेको छ । बैंकिङ समूह, होटल, विकास बैक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, माइक्रोफइनान्स, बीमा, म्युचुअल फण्डसहितका सबै समूहको सूचक घटेको छ । 

‘लगानीकर्तामा धैर्यता भएन, ओभर प्यानिक भयो’

शेयर लगानीकर्ता तथा नेपाल इन्भेटर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार बैैंकले १ प्रतिशतले ब्याजदर बढाउँदैमा साना लगानीकर्ता ‘ओभर प्यानिक’ भएको देखियो । 

यसले साना लगानीकर्तामा धैर्यता नहुने र बजार बढ्दा किन्ने तथा घट्दा तुरुन्तै बेचेर बाहिरिहाल्ने भन्ने उल्टो अभ्यास भइरहेको पनि रौनियारले बताए । 

रौनियारले भने अहिले शेयर बजार घट्नुपर्ने अन्य कुनै कारण छैन । राजनीतिक कारणले शेयर बजार नघटेको र एमसीसीको कारण भने त्यस्तो ठूलो प्रभाव नहुने बुझाइ पनि उनको छ । 

एमसीसी पास भए पनि शेयर बजारलाई राम्रो गर्ने र पास भए पनि नेपालमा अमेरिकी सेना आउने भन्ने हल्ला मात्रै भएको हुँदा लगानीकर्ता आत्तिनुपर्ने कुनै कारण नभएको तर्क पनि रौनियारको छ । 

उनले भने, ‘नयाँ लगानीकर्ता आउने आत्तिने र मात्तिने अभ्यास नै गलत हुँदा बजारमा असर परेको देखिएको मात्रै हो ।’ 

दुई महिना अगाडि २३ सयमा झरेको बजार पुनः २९ सय पुगिसकेको थियो ।

रौनियारका अनुसार घटेको बेला किनेर मौका छोप्नेले बोनस पाए भने २९ सय पुगेको बेला लाभ पनि लिए । उनका अनुसार आत्तिने लगानीकर्ताले न बोनस पाए न उच्च बिन्दुमा पुगेका बेला लाभ । 

त्यसैले अहिले सय–५० अंकमा शेयर घट्दैमा बेचेर भागिहाल्नुपर्ने होइन । धैर्यता गर्ने र आत्मविश्वास बनाएर बस्ने लगानीकर्ताले भोलिका दिन बजार बढ्दा लाभ पाउने बुझाइ शेयर लगानीकर्ता रौनियारको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x