×

NMB BANK
NIC ASIA

मुडे-चरिकोट सडक निर्माणका लागि हप्तामा तीन दिन सवारी आवागमन रोकिने

फागुन ६, २०७८

NTC
Premier Steels

लामो समयदेखि अलपत्र परेको दोलखाको मुडे चरिकोट सडकखण्ड निर्माणको क्रममा अवरुद्ध हुने हुँदा हप्तामा तीन दिन सवारीसाधन आवागमन बन्द गरिने भएको छ । सडक कालोपत्रे गर्नका लागि विभिन्न स्थानबाट एकैसाथ निर्माणको काम भइरहेको हुँदा सवारी साधनलाई समस्या हुने र निर्माण कार्यमा समस्या हुने भएपछि प्रत्येक हप्ताको मङ्गलबार, बुधबार र बिहीबार तीन दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत औलखबहादुर आलेले बताए । 

Muktinath Bank

जिल्ला प्रशासन कार्यालय दोलखामा आज निर्माण कम्पनी, सरोकार पक्ष, राजनीतिक दल तथा सुरक्षा निकायको बीचमा भएको छलफलमा सडक तीव्र गतिमा निर्माण गर्नुपर्ने बाध्यता रहेको र दिउँसोको समयमा सवारीसाधन आवागमन रोक्ने निर्णय भएको हुँदा उक्त समयमा वैकल्पिक मार्गको प्रयोग गर्न आलेले सवारी चालकलाई आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माणको जिम्मा लिएर छ वर्षदेखि अलपत्र रहेको मुडे चरिकोट सडक नागरिकको चर्को विरोधपश्चात हाल धमाधम निर्माण भइरहेको छ । दुई वर्षमा काम सम्पन्न गर्ने गरी ३० किलोमिटर सडक निर्माणको जिम्मा दिएको कम्पनीले छ वर्ष बितिसक्दा पनि निर्माण कार्य बीचमा नै छोडी अलपत्र पारेपछि जिल्लावासीले चर्को विरोध गरेपछि निर्माण कम्पनी काममा फर्किएको थियो । 


Advertisment
Nabil box
Kumari

दुई वर्षमा सक्ने काम छ वर्षसम्म विभिन्न बहानामा तीन पटकसम्म निर्माणका लागि म्याद थप गरे पनि निर्माण हुन सकेको थिएन । भारतीय निर्माण कम्पनी सकिद हैदर र शङ्कर मालि सुनौलो खिम्ती जेभीले निर्माणको जिम्मा लिएकामा केही वर्षअघि पाँच किलोमिटर सडक निर्माण गरी मिटरब्याजी तथा चेक बाउन्सका कारण ठेकेदार सम्पर्कविहीन बनेको थियो । जेभी कम्पनी रहेको र निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तथा ठेक्का सम्झौता खारेज गर्नका लागि सडक विभागले प्रक्रिया अगाडि बढाएपछि जेभीवाला अर्को ठेकेदार काममा फर्किएको छ । यो वर्षसम्म सडक निर्माण सम्पन्न गरी सक्नुपर्ने बाध्यता रहेका कारण चरिकोट मुडे बोचलगायत विभन्न ठाउँबाट धमाधम निर्माण कार्य भइरहेको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x