×

NMB BANK
NIC ASIA

राष्ट्रिय सरोकार समितिमा अध्यक्ष तिमिल्सिना– गौरवका आयोजनाको कार्यप्रगति र समस्याबारे छलफल

फागुन १६, २०७८

NTC
Premier Steels

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजनाहरूमा योजनाअनुसार काम भए देशले छिट्टै प्रगति गर्ने धारणा राखेका छन् ।

Muktinath Bank

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा सोमवार सहभागी भएका अध्यक्ष तिमिल्सिनाले आयोजनाको काम समयमा चल्ने र योजनाअनुसार काम गर्ने बानीको विकास देश विकासमा योगदान पुग्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समिति सभापति दिलकुमारी रावल थापा 'पार्वती'को अध्यक्षतामा सोमवार बसेको बैठकमा अध्यक्ष तिमिल्सिनाले योजनाअनुसार काम नभएको वा बदमासी भएको पाइएमा कारवाही र राम्रो काम गर्नेलाई पुरस्कारको सिफारिश गर्ने परम्परा बसाल्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

बैठकमा देशभर चालू २३ वटा राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति र समस्याबारे अध्ययन गर्न बनेका तीनवटा उपसमितिको प्रतिवेदन पेश र त्यसमाथि छलफल भएको थियो ।

Vianet communication

अध्यक्ष तिमिल्सिना आजै राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास तथा सुशासन समितिको बैठकमा पनि सहभागी भए ।

बैठकमा देशमा क्रियाशील राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रमहरू एकद्वार प्रणालीअनुसार नियमन/सहजीकरण तथा अनुगमन र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेको योगदानबारे छलफल भएको थियो ।

त्यसक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले सदस्यहरूलाई समितिमा हुने छलफलमा सक्रिय रूपमा सहभागी हुन अपिल गरे ।

'संसद् बैठक धेरै दिनपछि र थोरै समय मात्र बस्ने हुँदा सांसदहरूले काम नै गर्दैनन् कि भन्ने जनतामा परेको हुनसक्छ,' अध्यक्ष तिमिल्सिनाले भने, 'संसदमा बोल्ने समय पनि कम हुन्छ, त्यसैले समितिमा हुने छलफलमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्छु ।'

कोरोना महामारी र विभिन्न राजनीतिक गतिरोधका कारण संसद् बैठक नियमित बस्न नसकेको भन्दै अध्यक्ष तिमिल्सिनाले समिति बैठकमार्फत संसद् जीवित छ र काम गरिरहेको छ भन्ने देखाउनुपर्ने बताए ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी समेत उपस्थित बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पारदर्शी ढंगले काम गर्नुपर्ने लक्षित समुदायमा कार्यक्रम पुगेको/नपुगेको बारे मन्त्रालयले अनुगमन गर्नुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x