×

NMB BANK
NIC ASIA

थपिँदै नेपाल भित्रिने हवाइ कम्पनी

नेपाल उडानको तयारी गर्दै ४ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, ८ वर्षपछि आउँदै ‘गल्फ एयर’

फागुन १८, २०७८

NTC
Premier Steels

नेपालमा विभिन्न ४ देशबाट अन्तर्राष्ट्रिय वायुसेवाले नियमित उडान भर्ने तयारी गरिरहेका छन् ।

Muktinath Bank

१० वर्ष उडान सञ्चालन गरेर ८ वर्षअघि नै बन्द भएको बहराइनको राष्ट्रिय ध्वजाबाहक गल्फ एयर समेत पुनः नेपाल आउने तयारीमा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मध्यपूर्वबाट नेपालमा पहिलो व्यावसायिक उडान गर्ने गल्फ एयर सन् २००४ देखि सन् २०१४ सम्म नियमित उडान गरेको वायुसेवा कम्पनी हो । त्यसपछि नेपालमा उडान बन्द गरेको यो वायुसेवा ८ वर्षपछि पुनः नेपाल आउने अन्तिम तयारीमा छ ।


Advertisment
Nabil box
Kumari

नेपालको हवाई उडानमा इन्धनको शुल्क महंगो भएको, खाडी मुलुक जाने यात्रुको संख्या घटेकोसहित कारण देखाएर त्यतिबेला उडान स्थगित गरेको गल्फ एयर पुनः नेपाल आउने तयार छ ।

Vianet communication

नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार गल्फ एयर सन् २०१४ मा नेपालबाट फिर्ता जानुअघि बाँकी रहेको रकममध्ये अझै १ करोड ८५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । बक्यौता तिरेर गल्फ पुनः नेपाल आउन इच्छुक छ ।

यो वायुसेवाको सबै प्रक्रिया पूरा भइसकेको भए पनि बक्यौता चुक्ता नभएका कारण उडान अनुमतिको मिति तय भएको छैन । उक्त रकम भुक्तानी गर्ने र प्राधिकरणले तोकेको बैंक ग्यारेन्टी राखेर आएपछि तत्कालै अनुमति पाउने अवस्थामा रहेको समेत भुलले बताए ।

यो वायुसेवाले हप्ताको ३ दिन (सोम, बुध र शनिवार) उडान गर्ने प्रस्ताव गरेको छ । यसले २ महिना अगाडि नै उडानको प्रस्ताव गरेको भए पनि बक्यौता भुक्तानी बाँकी रहेकाले आधिकारिक निर्णय हुन नसकेको उनले बताए । 

नेपालका लागि गल्फ एयरका जनरल सेल्स एजेन्ट्स् (जीएसए) कम्पनी प्रेसिडेन्ट ट्राभलका प्रबन्ध निर्देशक भोलाविक्रम थापाका अनुसार ८ वर्षअघि आफ्नै बिजनेस मोडालिटिका कारणले एयरलाइन्स फिर्ता गएको थियो । अहिलेको बिजनेस मोडालिटीले नेपाल उडान गर्नु उपयुक्त ठानेरै फेरि आउन लागेको उनले बताए । त्यसैले तिर्नुपर्ने बक्यौता ठूलो एजेन्डा नभएकाले आवश्यक प्रक्रिया पुर्‍याउने र प्राधिकरणले स्वीकृति दिने काम मात्रै बाँकी रहेको थापाले बताए ।

हाल हप्तामा ३ दिन मात्रै उडानको योजना बनाएको गल्फ एयरले उडान सञ्चालन गरेको केही समयपछि नै दैनिक सेवा दिने योजना बनाएको पनि प्रबन्ध निर्देशक थापाले बताए ।

यसबाहेक नेपालमा ३ नयाँ वायुसेवा पहिलोपटक नेपाल आउन लागेका छन् । यसमध्ये सबैभन्दा धेरै प्रक्रिया अगाडि बढेको र छिटो आउनेमा थाइल्याण्डको थाइ स्माइल एयरलाइन्स रहेको प्राधिकरणले जानकारी दिएको छ ।

थाइ स्माइलले हप्ताको ४ दिन (बिही, शुक्र, शनि र आइतवार) उडान गर्न अनुमति मागेको छ । थाइको सबै प्रक्रिया पूरा भइसकेकाले आगामी १ हप्तामै आवश्यक प्रक्रिया पूरा गरेर अनुमति पाउने भएको प्राधिकरणका उपप्रबन्धक भुलले जानकारी दिए । थाइ स्माइललाई प्राधिकरणले आवश्यक स्लट व्यवस्थापन गरेर उडान अनुमति दिने तयारी पनि गरिरहेको छ । 

नेपालमा नियमित उडान गर्न भारतीय वायुसेवा गो एयर समेत इच्छुक छ । यो वायुसेवाले पनि पर्यटन मन्त्रालयमार्फत प्राधिकरणमा उडान अनुमतिको प्रक्रिया अगाडि बढाउँदै छ । प्राधिकरणका अनुसार यो वायुसेवा नेपाल आउने विषयमा आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ, अब आवश्यक उडान तालिकासहित आवेदन पेश गर्नुपर्छ । आवश्यक कागजपत्र तयार पारेर सञ्चालन अनुमतिको मिति तय गरेर उडान शुरू गर्ने विषय भने तय हुनै बाँकी छ ।

नेपालमा कुवेतबाट दुईतर्फी उडान गर्न हंगेरीको नियमित उडानको वायुसेवा कम्पनी विज्ज एयरले पनि इच्छा देखाएको छ । यो वायुसेवाले हंगेरीलाई आधार बनाएर नियमित उडान गर्ने गरेको भए पनि नेपालमा भने कुवेतबाट उडान गर्न चाहेको छ । यसले नेपालमा नियमित उडान गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ । 

हंगेरीको वायुसेवा भए पनि कुवेतसँग सम्झौता गरेर नेपालमा उडान गर्न इच्छा देखाएको जानकारी आएको भुलले बताए । विज्ज एयरको यस्तो रुचिको विषयमा प्राधिकरणसक्ष औपचारिक प्रस्ताव आइपुगेको छैन । यसको निवेदन आई नपुगे पनि प्राधिकरणलाई अनौपचारिक रूपमा उडान अनुमतिको प्रक्रिया अगाडि बढाएकोे र अब आवश्यक कागजात तयार पारेर निवेदन दिने विषयको जानकारी गराइएको प्राधिकरणका अधिकारीको भनाइ छ ।

०००००

हवाई उड्डयनमा नयाँ कम्पनी शिवम् थपिँदैं, दुर्गम क्षेत्रमा दरिलो उपस्थितिको प्रयास

नेपाली हवाई उड्डयनमा नयाँ कम्पनी शिवम् एयरलाइन्स थपिने तयारीमा छ । क्याप्टेन दिनेश आचार्य अध्यक्षताको शिवमलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इजाजत दिन सकिने सुझाव दिइसकेको छ । इजाजतपूर्व मन्त्रालयले गर्ने प्राविधिक मूल्यांकन सकेको छ ।

शिवमले तोकिएका सबै शर्त पालना गरेको र प्राविधिक मूल्यांकन समेत भइसकेकाले इजाजतपत्र (लाइसेन्स) पाउन योग्य देखिएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । 

लामिछानेका अनुसार शिवमले उडान सञ्चालन गर्न इजाजतपत्र मागेको छ । यसका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेकाले मन्त्रीस्तरीय निर्णयका लागि पेश गरिएको छ । पर्यटन मन्त्री स्तरीय निर्णय भए पनि उडान सञ्चालन अनुमति (एओसी) का लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा जानुपर्ने हुन्छ । त्यसका लागि मन्त्रालयबाट आवश्यक सबै प्रक्रिया पूरा भएर इजाजत दिन सिफारिस भएको पनि मन्त्रालयका सहसचिव लामिछानेले जानकारी दिए ।

शिवमले पोखरा विमानस्थललाई आधार बनाएर छोटो दूरीको उडान र अवतरण गर्ने (स्टल) एयरक्राफ्ट सञ्चालन गर्ने योजना पेश गरेको छ । हाल सुगम क्षेत्रमा उडान गर्ने जहाज पर्याप्त भएकाले पोखराबाट छोटो दूरीका दुर्गम गन्तव्यमा उडान गर्ने वायुसेवाको रूपमा शिवमले योजना पेश गरेको पनि लामिछानेले बताए ।

शिवमले ४ वटा ट्वीनअटर वा सोही प्रकृतिका जहाजमार्फत सेवा सञ्चालन गर्न चाहेको छ । आन्तरिक उडानका अन्य वायुसेवाले काठमाडौंलाई आधार बनाएर उपत्यका बाहिरका विमानस्थलमा उडान सञ्चालन गरिरहेका छन् । शिवमले उपत्यका बाहिरको गन्तव्यलाई आधार बनाएर विभिन्न आन्तरिक विमानस्थलमा उडान गर्न चाहेको पनि शिवमn] पेश गरेको र स्वीकृत मूल्यांकन प्रतिवेदनमा छ । 

दुर्गम क्षेत्रको रोजाइ उपयुक्त

हाल काठमाडौंबाट सुगम क्षेत्रका शहरी विमानस्थलमा उडान गर्ने वायुसेवाको भीडमा दुर्गम क्षेत्रमा उडान गर्न चाहनु र काठमाडौं बाहिरबाट उडान गर्न चाहनुलाई उपयुक्त रोजाइ मान्न सकिने लामिछानेकै भनाई छ । लामिछानेका अनुसार पछिल्लो समय उपत्यका बाहिरबाट प्रादेशिक उडान गर्ने, दुर्गम क्षेत्रका विमानस्थल जाने र पर्वतीय उडान गर्न उपयुक्त हुन थालेको छ ।
 
हाल पोखरा विमानस्थलमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम भइरहेकाले पनि पोखराबाट उडान गर्न चाहने वायुसेवाको रुचिलाई सकारात्मक मान्नुपर्ने उनले बताए । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसकेकाले भैरहवाबाट पनि देशका विभिन्न शहरी क्षेत्र सहितका गन्तव्यमा उडान गर्न सकिने भएकाले अब काठमाडौं विमानस्थलबाटै जहाज उडानको आधार हुनुपर्छ भन्ने मान्यता पनि तोडिने उनले बताए ।

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल पनि सुगम क्षेत्रमा प्रतिस्पर्धा बढी र ‘प्राइस वार’ नै हुन थालेकाले अब दुर्गम क्षेत्रमा उडान भर्ने वायुसेवाले सम्भावना बोक्ने तर्क गर्छन् । अहिले पनि दुर्गम क्षेत्रमा उडान गर्ने वायुसेवाको बलियो उपस्थिति नभएको र प्रतिस्पर्धा हुने गरी वायुसेवा आउन पनि नसकेकाले हुँदा छोटो दूरीको उडानमा प्रशस्त सम्भावना छ । त्यसो हुँदा जुनसुकै वायुसेवाले स्टल रूटमा सेवा दिन चाहने हो भने सम्भावना प्रशस्त देखिने तर्क पनि उपसचिव नेपालको छ ।

१९ वायुसेवा हुँदा पनि दुर्गम क्षेत्रमा पूरा भएन खाँचो 

नेपालमा हाल नियमित उडानका लागि स्थिर पखेटा भएका (फिक्स्ड विंग्स) का जहाज ९ वटा छन् । यीमध्ये बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, गुण एयलाइन्स र सौर्य एयरलाइन्सले सुगम क्षेत्रका शहरी विमानस्थलमा उडान गरिरहेका छन् । बाँकी नेपाल एयरलाइन्स, तारा एयर, सीता एयर र समिट एयरले पनि दुर्गम क्षेत्रका विमानस्थलमा उडान सेवा दिइरहेका छन् । 

सुगम क्षेत्रमा उडान गर्ने वायुसेवा र संख्यामा प्रतिस्पर्धा हुने गरेका भए पनि दुर्गम क्षेत्रका विमानस्थलमा उडान गर्ने वायुसेवामा भने जहाज अभाव र सीमित उडान मात्रै छ । 

आन्तरिक वायुसेवाका रूपमा हाल १० वटा हेलिकप्टर कम्पनी छन् । हेलिकप्टरले चार्टर्ड तथा उद्धार उडान मात्रै गर्ने भएकाले दुर्गम क्षेत्रको उडानमा अझै सम्भावना रहेकाले पनि प्राधिकरणले नयाँ वायुसेवालाई भित्र्याउन सक्ने विषयमा उपयुक्त प्रस्ताव र योजनासहित आउने वायुसेवालाई अनुमति दिन सक्ने पनि प्राधिकरणका अधिकारी बताउँछन् ।

दुर्गम क्षेत्र उडानमा बुद्ध एयरले छुट्टै वायुसेवा कम्पनी स्थापना गरेर उडान सञ्चालन गर्ने तयारी समेत गरेको छ । बुद्धले यशोधरा एयरलाइन्समार्फत दुर्गम क्षेत्रमा उडान गर्ने योजना अगाडि सारेको भए पनि हालसम्म जहाज खरिदको उपयुक्त कम्पनी तय गर्ने वा उडान सञ्चालनका लागि इजाजत लिने प्रक्रियामा अघि बढेको छैन । बुद्ध एयरले कोरोना महामारीका कारण आफ्नो दुर्गम क्षेत्र उडानको योजनालाई केही समय पछाडि धकेलेको पनि बताइएको छ । 

यसबाहेक नेपाली हवाई उड्डयनको क्षेत्रमा बीबी एयरले ‘हट एयर बेलुन’ सञ्चालनको इच्छा देखाएको छ । यो वायुसेवाले ‘नन पावर एयरक्राफ्ट’मार्फत सेवा दिने गरी अनुमति मागेको छ तर यसले हालसम्म इजाजत पाएको छैन । 

पर्यटन मन्त्रालयबाट हेलिकप्टर उडानका लागि इजाजतपत्र (लाइसेन्स) पाएका २ कम्पनी अन्नपूर्ण र त्रिलोक एयरले पनि सञ्चालन अनुमति (एओसी) मागेको उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यी २ कम्पनीले हेलिकप्टर ल्याउने ‘नो अब्जेक्सन लेटर’ पाएका छन् । हेलिकप्टर ल्याएर आवश्यक प्रक्रिया पुर्‍याएको अवस्थामा एओसी पाउने पनि प्राधिकरणको हवाइ उड्डयन सुरक्षा विभागले जानकारी दिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x