×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री पोखरेलको मधेश भ्रमण पूरा, पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न पहल

फागुन २३, २०७८

NTC
फाइल फोटो
Premier Steels

मधेश प्रदेशको ३ दिने भ्रमण सकेर गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोली सोमवार पोखरा फर्केको छ । 

Muktinath Bank

जनकपुर विमानस्थलमा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, प्रमुख सचिव कृष्णबहादुर रावत सहितको टोलीले पोखरेललाई बिदाइ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टोलीलाई गण्डकीमा आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्मा सहितको टोलीले पोखरा विमानस्थलमा स्वागत गरेको थियो । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणामा गण्डकीका मुख्यमन्त्री पोखरेल नेतृत्वमा १८ जनाको टोली शनिवार जनकपुर पुगेको थियो । 


Advertisment
Nabil box
Kumari

पोखरा विमानस्थलमा मुख्यमन्त्री पोखरेलले प्रदेशबीचको सद्भावना भ्रमणमा संघीयता कार्यान्वयनका सन्दर्भमा भोगेका कठिनाइबारे मधेशका मुख्यमन्त्रीसँग गम्भीर विषयमा छलफल भएको बताए । 

Vianet communication

‘संविधानमा उल्लेखित अधिकार हस्तान्तरणमा समेत केन्द्रले चासो दिएको छैन, यसका लागि प्रदेशले एक भएर आवाज उठाउनु पर्नेछ । यसबारेमा हामीले गम्भीर छलफल गरेका छौं,’ उनले भने । 

प्रदेशका समस्यालाई एकीकृत रूपमा प्रधानमन्त्रीलाई बुझाउनु अगाडि ७ वटै प्रदेशका मुख्यमन्त्रीको संयुक्त बैठक गरेर बुँदा तयार पार्नुपर्ने उनले बताए । उनले भने, ‘यसअघि पनि मुख्यमन्त्रीहरूको भेला पोखरामा भएको थियो, अहिले परिवेश फेरिएको छ, म ७ वटै प्रदेशका माननीय मुख्यमन्त्रीज्यूहरूलाई पोखरामा निमन्त्रणा गर्दछु ।’  

३ दिनको बीचमा मधेशका ६ जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन गरेर धेरै जानकारी हासिल गरेको मुख्यमन्त्री पोखरेलले बताए । जानकी मन्दिर, पोखरा र मुक्तिनाथको सम्बन्ध स्थापित गरेर धार्मिक पर्यटनमा प्रवद्र्धनमा जोड दिनुपर्ने उनको भनाइ थियो । 

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले २ प्रदेशबीचमा असल अभ्यासलाई आपसमा अनुकरण जाने प्रतिबद्धता जनाए । उनले भने, ‘संघीयता मजबुत गर्न हामी एक भएर संघसँग लड्नुपर्ने छ, संघीयता महसूस गराउने नै प्रदेशले हो ।’

निजी क्षेत्रको उडान कम्पनी बुद्ध एअरले पोखरा–जनकपुर उडान शुरू गरेकै दिन शनिवार पोखरेल नेतृत्वको टोली जनकपुर पुगेको थियो । 

गण्डकीको भ्रमण टोलीमा अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’, उद्योग तथा पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल, प्रमुख सचिव रवीलाल पन्थ, पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुन पोखरेल, नाट्टा पोखरा च्याप्टर अध्यक्ष सञ्जय सिग्देल, महासचिव कमला गिरी, पूर्व अध्यक्ष सन्तोष पोखरेल पर्यटन व्यवसायी एवं उद्योगी छन् । नेपाल टुर्स एन्ड ट्राभल्स एसोसिएसन (नाट्टा) पोखरा च्याप्टरले भ्रमणका लागि सहजीकरण गरेको थियो । 

गण्डकी प्रदेशको राजधानी पोखराबाट ७ वटै प्रदेशमा एयर कनेक्टिभिटी बढाउने लक्ष्यका साथ प्रदेश सरकारले समन्वय गर्दै आएको छ । जनकपुर–पोखरा अब हप्ताको ३ दिन उडान हुनेछ । यसअघि मधेश प्रदेशको सिमरासम्म पोखराबाट बुद्ध एयर उडान थालिसकेको छ ।

सुदूरपश्चिमको धनगढीमा पनि बिहीवारबाट उडान शुरू भएको छ । भैरहवा, नेपालगञ्ज र भरतपुरमा पनि पोखराबाट उडान हुँदै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x