×

NIC ASIA

कर्णाली प्रदेशसभा : बजेट अध्यादेश प्रतिस्थापन गर्ने विधेयकमाथि छलफल

फागुन २३, २०७८

Prabhu Bank
NTC
Premier Steels

कर्णाली प्रदेशसभाको आजको बैठकमा सरकारले अध्यादेशबाट ल्याएको चालु आर्थिक वर्ष २०७८/७९ को बजेटलाई प्रतिस्थापन गर्न विधेयकमाथि छलफल प्रारम्भ भएको छ । बैठकमा भूमिव्यवस्था, कृषि तथा सहकारी, उद्योग, पर्यटन, वन तथा वातावरण, मुख्य न्यायाधिवक्ता कार्यालय, प्रदेश योजना आयोग र प्रदेश लोकसेवा आयोगका लागि विनियोजत बजेट शीर्षकमाथि छलफल भयो । 

Muktinath Bank

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि असार ३१ गते अध्यादेशबाट बजेट ल्याएको थियो । उक्त बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न प्रदेश सरकारले विनियोजन विधेयक ल्याएको हो । प्रतिस्थापन विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यहरु पद्मा खड्का, दल रावल, राजु नेपाली, देवी वली, खड्कबहादुर खत्री र ठम्मर विष्टले भाग लिएका थिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामा सदस्यहरुले टुक्रे योजनाहरु कटौती गर्नुपर्ने, लक्षित वर्गका कार्यक्रमहरु आर्थिक वर्ष सकिने बेला कार्यान्वयनमा जाने परिपाटीको अन्त्य हुनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट उत्पादनमूलक कार्यमा खर्च गर्न, तत्काल योजना आयोगमा पदाधिकारी नियुक्त गर्न, प्रदेश लोकसेवा आयोगलाई आवश्यक बजेट उपलब्ध गराउन सुझाव दिएका थिए । 


Advertisment
Nabil box
Kumari

बैठकमा प्रदेशसभा सदस्यहरुले उठाएका जिज्ञासामाथि आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट, भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले जवाफ दिएका थिए । 

Vianet communication

प्रदेशसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बजे बस्नेछ । प्रदेशसभा सचिवालयका अनुसार उक्त बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथि छलफल हुनेछ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x