×

NMB BANK
NIC ASIA

एमसीसीले बनाउने ट्रान्समिसन र हाइटेन्सन तारबाट विद्युत् मात्रै आउँछ : गृहमन्त्री खाँण

चैत १, २०७८

NTC
Premier Steels

गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग नियोग (एमसीसी) को सहयोगमा निर्माण हुने ट्रान्समिसन र हाइटेन्सन तारबाट विद्युत् मात्रै आउने बताएका छन् ।

Muktinath Bank

गृहमन्त्री खाँणले केहीले एमसीसीबाट निर्माण हुने ट्रान्समिसन र हाइटेन्सन लाइनबाट सेना आउने हल्ला फैलाएको भन्दै त्यो लाइनबाट सेना नआई विद्युत् मात्र आउने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा मंगलवार काठमाडौंमा काठमाडौं महानगरपालिका र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँणले भने, ‘एमसीसीको सहयोगमा निर्माण हुने बिजुलीको तारबाट विद्युत् आउँछ, अमेरिकी सेना आउँदैन ।’


Advertisment
Nabil box
Kumari

गृहमन्त्री खाँणले एमसीसी अमेरिकाले गरीबी निवारण, रोजगार र भौतिक निर्माणका लागि नेपालजस्ता मुलुकलाई दिने अनुदान भएको स्पष्ट पारे । ‘नेपालजस्ता आवधिन निर्वाचन भइरहेका, मानव अधिकारको पालना गर्ने र प्रेस स्वतन्त्रता भएका मुलुकलाई अमेरिकाले दिने अनुदान हो एमसीसी,’ गृहमन्त्री खाँणले भने, ‘एमसीसीको त्यो क्राइट एरिया पूरा गरेर हामीले एमसीसी अनुदानमा पाएका हौं । यसबारेमा भएका अन्य सबै हल्ला निराधार हुन् ।’

Vianet communication

नेपालमा धेरै खोलानाला भएको र ती खोलानालाबाट उत्पादित विद्युत्लाई नागरिकका घरघरसम्म पुर्‍याउने ट्रान्समिसन र हाइटेन्सन लाइन निर्माण गर्नका लागि एमसीसी अनुदान प्रक्रिया पुर्‍याएर ल्याइएको गृहमन्त्री खाँणले बताए ।

नेपालमा एमसीसीबारे व्याख्यात्मक घोषणा नहुँदासम्म पारित गर्न र आफू सरकारमा रहेका बेलामा हस्ताक्षर गरेकाहरूले पनि अहिले विरोध गरेको बताए । नेपाल सरकारले विभिन्न मुलुकले दिने ऋण स्वीकार गरेको भन्दै अनुदान लिएर कुनै गल्ती नगरेको उनको भनाइ थियो । 

सरकारले गल्ती गरेको भए सुधार्न तयार रहेको भन्दै गृहमन्त्री खाँणले राम्रो निर्णय गर्दा राम्रो गरेको छ भन्न सक्नुपर्ने बताए ।

उनले एमसीसी परियोजनामार्फत बन्ने ट्रान्समिसन र हाइटेन्सन लाइनबाट सबैको घरघरमा पुग्दा उपभोक्ताले चाहना अनुरूप विद्युत् खपत गर्न पाउने बताए । एससीसी पास गरेर सरकारले उपभोक्ताको हित हेरेको भन्दै गृहमन्त्री खाँणले नेपालका नदीनालाबाट उत्पादित विद्युत् सबैका घरघरमा पुर्‍याउनु जनहितको काम भएको बताए ।

उनले जुनसुकै विषयमा उपभोक्ता हितका विषयमा कुनै पनि बहाना गर्न नमिल्ने भन्दै यस विषयमा सरकार संवेदनशील रहेको बताए । गृहमन्त्री खाँणले उपभोक्ता हित संरक्षणकर्मीले उठाउने विषय कार्यान्वयनका लागि सरकारले पहल गर्ने बताए ।

उपभोक्ताको हित र आवश्यकता अनुरूपका कानून निर्माण गरी कार्यान्वयन गर्ने दायित्व सरकारको रहेको र त्यसमा सरकार प्रतिबद्ध रहेको उनले बताए । सरकारले उपभोक्तासँग सम्बन्धित कानून समयानुरूप परिस्कृत र परिमार्जन गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x