२२ असार २०८३, सोमबार

बजाज पाँचको पन्च : अब २–३ चोटी हैन ५ चोटी जित्ने मौका

बजाज पाँचको पन्च : अब  २–३ चोटी हैन ५ चोटी जित्ने मौका

बजाज अटोको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ अफर ‘बजाज पाँचको पन्च’ सार्वजनिक गरेको छ ।

सो योजनाअनुसार ग्राहकले ५ पटक जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।  

बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाईक किन्ने बेलामा रु १००० को छुट पाउनका लागि योग्य भइने कम्पनीले जनाएको छ । 

यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाईक रोजेपछि रु. ५० हजारसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट बाईक किन्ने बेलामा प्रदान गरिनेछ । 

त्यसपछि बाईक किन्ने प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, शोरुममा गएर बाईक रोजेवापतको अनि किन्नलाई बुकिंग गर्दा पाईने रु १ लाखसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिनेछ ।

यो अफरको बारेमा अरुलाई रिफर गरियो र किन्नेले पनि तपाईंले रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्रि सर्भिसिंग प्रदान गरिने कम्पनीको भनाइ छ  । 

साथै बम्पर पुरस्कार स्वरुप रु. १० लाखसम्म जित्ने मौका मिल्नेछ ।

यसरी समग्रमा सोचेर, हेरेर, किनेर, भनेर अनि बम्बर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामाकरण पनि “बजाज पाँचको पन्च” भनेर गरिएको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्