×

NMB BANK
NIC ASIA

फागुन महिनामा २२ अर्ब निक्षेप थपियो, कर्जा विस्तार १७ अर्ब मात्रै

चैत ४, २०७८

NTC
Premier Steels

वाणिज्य बैंकहरूमा फागुन महिनामा करीब २२ अर्ब रूपैयाँ निक्षेप थपिएको छ । 

Muktinath Bank

यो अवधिमा कर्जा प्रवाह भने निक्षेपको तुलनामा ५ अर्बले घटेको छ । फागुन महिनामा वाणिज्य बैंकहरूले १७ अर्ब रूपैयाँले कर्जा बढाएका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाणिज्य बैंकहरूमा चालू आर्थिक वर्षदेखि निक्षेप कम र कर्जा मात्रै बढेको भए पनि फागुनमा भने कर्जा प्रवाह कम भएको छ ।


Advertisment
Nabil box
Kumari

बैंकहरूले फागुन लागेपछि कर्जा विस्तार कम गर्दै गएका कारण निक्षेप बढ्दा कर्जा कम देखिएको हो ।  

Vianet communication

बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार फागुनमा २१ अर्ब ६६ करोड रूपैयाँ निक्षेप संकलन भएको छ । फागुन महिनामा सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ । यो बैंकले एक महिनामा ४ अर्ब ८१ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ । 

फागुन महिनामा ७ वटा वाणिज्य बैंकहरूको निक्षेप संकलन अघिल्लो महिनाको तुलनामा भने घटेको छ । 

चालू आर्थिक वर्षको फागुनसम्ममा बैंकहरूको निक्षेप संकलन १ खर्ब ३१ अर्ब रूपैयाँ हुन पुगेको छ । यो अवधिसम्ममा सबैभन्दा बढी निक्षेप संकलन नबिल बैंकले २१ अर्ब ६७ करोड रूपैयाँ गरेको छ । 

फागुनमा सबैभन्दा बढी कर्जा विस्तार गर्नेमा भने राष्ट्रिय वाणिज्य बैंकको ७ अर्ब ७ करोड रूपैयाँ रहेको छ । यो बैंकले उक्त महिना संकलन गरेको निक्षेप भने ३ अर्ब ३ करोड रूपैयाँ मात्रै छ । 

फागुनमा ९ वटा बैंकहरूको निक्षेप संकलन घटेको छ । उक्त महिना निक्षेप संकलन घटेसँगै १० वटा वाणिज्य बैंकहरूको भने कर्जा विस्तार पनि अघिल्लो महिनाको तुलनामा घटेको छ । 

बैंकहरूमा निक्षेप कम संकलन भएका कारण कर्जा विस्तार पनि घटेको बैंकर्स संघले जानकारी दिएको  छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x