×

NMB BANK
NIC ASIA

एक वर्षमा दिनेभन्दा ५ प्रतिशत बढी कर्जा ६ महिनामै

चैत ४, २०७८

NTC
Premier Steels

बैंकहरूले एक वर्षमा प्रवाह गर्नुपर्ने भन्दा ५ प्रतिशत बढी कर्जा चालू आर्थिक वर्षको पहिलो ६ महिनामै प्रवाह गरेका छन् । 

Muktinath Bank

बैंकहरूले कोभिडपछिको अर्थतन्त्र पुनःस्थापना गर्न धेरै माग आएको भन्दै एक वर्षको लक्ष्य ६ महिनामा नै नाघेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ६ महिना अर्थात् माघसम्ममा बैंकहरूले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा २५.३ प्रतिशत पुगेको छ । 


Advertisment
Nabil box
Kumari

यस्तो कर्जा चालू आवमा २० प्रतिशतको मात्रै सीमा तोकिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । निजी क्षेत्रमा भएको यस्तो कर्जा विस्तार गत वर्षको माघसम्ममा १७.३ प्रतिशत मात्रै थियो । गत वर्ष यस्तो कर्जा विस्तारको सीमा जम्मा १९ प्रतिशत मात्रै थियो । 

Vianet communication

राष्ट्र बैंकका अनुसार माघसम्मको निक्षेप संकलन भने १४.६ प्रतिशतले बढेको छ । यस्तो निक्षेप संकलन गत वर्षको माघसम्ममा २२.४ प्रतिशत पुगेको छ ।

अर्थ मन्त्रालयमा शुक्रवार आयोजना भएको विकास कार्यक्रमहरूको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा राष्ट्र बैंकले पेश गरेको विवरणअनुसार निक्षेप कम र कर्जा प्रवाह बढी हुँदा तरलतामा दबाब परेको उल्लेख छ । 

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले विकासको मुख्य समस्या नीतिगत पक्ष कमजोर भएको बताएका छन् । विकासे मन्त्रालय  निकायले गर्ने खर्चमा नीतिगत पक्ष कमजोर हुँदा खर्च नहुने र विकास निर्माणमा समस्या हुने गरेको बताए । 

उनले नीति निर्माण मार्फत अर्थतन्त्रमा सुधार गर्न पुँजी निर्माण गर्ने, लगानी भित्र्याउने र कार्यान्वयन गर्ने सबै निकाय उत्तिकै जिम्मेवार हुनुपर्ने पनि बताए । 

अर्थमन्त्री शर्माले संस्थागत सुधारमा देखिएको कमजोर र व्यवहारमा सुधार नहुँदा विकासको बाधा भएको तर्क गरेका छन् । उनले आयात निरन्तर वृद्धि भइरहेको, निर्यातको हिस्सा कम भएका कारण पनि अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । 

पछिल्लो समय राष्ट्र बैंकले विभिन्न ४७ प्रकारका वस्तुहरूको आयातमा ‘मार्जिन’ राख्नुपर्ने व्यवस्था गरेका ती वस्तुहरूका कारण आयात कम हुँदा पनि आयातमा केही कमी भएको मन्त्री शर्माको भनाइ छ । 

मन्त्री शर्माले बैंकिङ क्षेत्रको ब्याजदर बढेका कारण अर्थतन्त्रमा समस्या आएको निजी क्षेत्रको गुनासो आएको पनि बताएका छन् । उनले उत्पादनमूलक क्षेत्रको कर्जामा २ प्रतिशतभन्दा बढी ‘बेसरेट’ नहोस् भनेर बारम्बार भन्दै आएको र यसलाई कार्यान्वयन गर्न आग्रह गरिएको बताए ।

कार्यक्रममा अर्थ मन्त्रालयप्रति उत्तरदायी हुनुपर्ने निकायहरू बीमा समिति, भन्सार विभाग, ऋण असुली न्यायाधीकरण, नेपाल राष्ट्र बैंक, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र आन्तरिक राजस्व विभागले आ–आफ्नो तर्फबाट प्रस्तुतीकरण दिएका थिए । उक्त प्रस्तुतीकरणमार्फत चालू आवको अर्धवार्षिक प्रतिवेदन र यसको अवस्थाको बारेमा जानकारी दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x