×

NMB BANK
NIC ASIA

मन्त्रीको गोजीमा एक÷दुई करोड हालिदिएपछि सबै चुप लाग्ने रैछन् : प्रेम आले

चैत २५, २०७८

NTC
Premier Steels

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तीन करोड नेपाली जनताको शिर झुक्न नदिने गरी काम गर्ने बताएका छन् । 
    
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले भक्तपुरमा बिहीबारदेखि सुरु गरेको छैठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा उनले आफू पदमा रहँदा कुनै पनि विचलन हुने काम भए तत्कालै पद छाड्ने बताए । 

Muktinath Bank

देशका गलत तत्वलाई ठेगान लगाउन आफू मन्त्री भएको बताउँदै उनले कहीँकतै त्यस्ता तत्व भए खबर गर्न आह्वान गरे। विगतका प्रत्येक मन्त्रीले क्यासिनो सञ्चालकसँग करोड लिने गरेको आरोप लगाउँदै मन्त्री आलेले भने, “क्यासिनोको कर उठाउन मैले पटकपटक सूचना निकालेर ताकेता गरेँ, तर अटेर गरे, उनीहरु अटेसमटेस भएनन्, विगतका प्रत्येक मन्त्रीको गोजीमा एक÷दुई करोड हालिदिएपछि सबै चुप लाग्ने रैछन्, मलाई त्यस्तै सोचेर मन्त्रालयको ढोकासम्म आउने र मन्त्री भेट्नुप¥यो भने, मैले पहिला कर तिरेर मात्रै भेट्न आउनुस् भनेर पठाएँ, राज्यको कर नतिर्ने क्यासिनोबाट मैले एक अर्ब पाँच करोड रुपैयाँ राजस्व उठाएँ ।”
    
पाँच दलीय गठबन्धनको अबको बैठकमा ७७ वटै जिल्लामा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष सबै पदमा तालमेलको स्पष्ट खाकासहितको सहमति बन्ने बताउँदै सोही सहमतिलाई सफल पार्न निर्वाचनका लागि गठबन्धन सक्रिय भएर लाग्न उनले आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x