×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीसँग भेटेर नाडाले भन्यो : सरकारले हामीलाई बेवास्ता गर्‍यो, एलसी तत्काल खुलाउनुस्

चैत २५, २०७८

NTC
Premier Steels

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नाडा)ले एलसी खोल्ने कार्यलाई निरन्तरता दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ ।

Muktinath Bank

शुक्रवार बिहान प्रधानमन्त्री देउवालाई भेट्दै नाडाले एलसी खोल्न माग गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवालाई भेट गरी यातायात क्षेत्रलाई सरकारले वेवास्ता गर्न खोजेको गुनासो गरेको हो । 


Advertisment
Nabil box
Kumari

भेटघाटमा अध्यक्ष थापाले नेपालको अटोमोवाइलक्षेत्रलाई नजरअन्दाज गर्दै बैङ्क जस्ता वित्तिय निकायहरुले सम्पूर्ण सवारी तथा ढुवानीका साधन लगायत त्यसमा प्रयोग हुने स्पेयर पार्टसको आयातका लागी प्रतितपत्र (एलसी) खोल्नेबारे व्यवसायीहरुलाई कुनै समय नै नदिई अप्रत्यासित रुपमा बन्द गरिएको सम्बन्धमा गुनासो गरे । 

Vianet communication

भेटका क्रममा २ खर्ब भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्ब ५० अर्ब भन्दा बढी राजश्वमा योगदान पुर्‍याउँदै आएको र देशको प्रत्यक्ष रोजगारीमा ५० हजार भन्दा बढीलाई अवसर दिदै आएको अटोमोबाइल्स क्षेत्रलाई सरकारले बेवास्ता गर्न नहुने उनले बताए । 

एलसी तत्काल खोल्नका निम्ति उनले आग्रह समेत गरे । 

। सो छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतीले अटोमोवाइल क्षेत्रको ठूलो योगदानका बावजुद पनि सरकारका नीतिहरु हमेसा अटोमोवाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेको गुनासो गरे ।

उक्त छलफलको क्रममा प्रधानमन्त्रीले नाडाको सुझावहरूलाई सकारात्मक रुपमा लिदै सवारी साधनहरुको आयातका लागी प्रतितपत्र (एलसी) खोल्न बन्द गरिएको बारे आवश्यक जानकारी लिई सम्बन्धित निकायमा निर्देशन दिइने आश्वासन समेत दिए । 

सो छलफलमा कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । 

                                                                            


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x