×

NMB BANK
NIC ASIA

अनिवार्य अवकाशमा जाँदै सशस्त्र आईजीपी खनाल, को बन्लान् २० दिने आईजीपी ?

चैत २८, २०७८

NTC
Premier Steels

सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल आज (सोमवार)बाट अनिवार्य अवकाश जाँदैछन् ।

Muktinath Bank

उनले आज राति १२ बजेबाट लागू हुने गरी अनिवार्य अवकाश पाएका हुन् । चार वर्षको आईजीपीको कार्यकाल सकेर उनी अवकाशमा जान लागेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफ्नो कार्यकालमा कोरोना महामारीको समयमा एपीएफ अस्पताललाई कोरोना विशेष अस्पतालमा रुपान्तरण गरेका थिए ।


Advertisment
Nabil box
Kumari

‘एपीएफ अस्पताललाई कोरोना अस्पतालमा बेच्यो भन्ने आरोप लाग्यो तर मैले ठीक निर्णय गरेको महसुस भएको छ, जसले गर्दा कोरोनाकालमा धेरैको ज्यान बच्यो,’ पत्रकारसँगको बिदाइ कार्यक्रममा उनले भनेका थिए, ‘राज्यलाई हामीले गर्नुपर्ने दायित्व पूरा गरेको भान भएको छ ।’ 

Vianet communication

उनको समयमा सीमा सुरक्षाका लागि बोर्डर आउट पोष्ट (बीओपी) निर्माण भएका छन् । सीमा सुरक्षामा सरकारले दिएको दायित्व पूरा गरेको आईजीपी खनालले बताए ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एपीएफमा दुई जना नयाँ आईजीपी आउँदै छन् । स्थानीय निर्वाचनअघि २० दिनका लागि एकजना र त्यसपछि अर्का एक आईजीपी हुनेछन् । 

बहालमा रहेका एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेलमध्येबाट सरकारले सोमवार आईजीपीमा बढुवा गर्नुपर्ने हुन्छ । सशस्त्रमा मेरियटलाई मिच्ने खासै चलन नभएकाले एक नम्बरमा रहेका केसी आईजीपी हुने लगभग पक्कापक्की जस्तै छ । 

त्यसैका लागि आज अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको बालुवाटार स्रोतले लोकान्तरलाई बतायो ।  

उनीहरूले पनि सेवा अवधिका कारण आगामी वैशाख १९ गते अनिवार्य अवकाश पाउनेछन् । त्यसलगत्तै स्थानीय चुनावका लागि अहिलेका डीआईजीहरूमध्येबाट एकजना एआईजीमा बढुवा भएर आईजीपी हुनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x