×

NMB BANK
NIC ASIA

सीमित स्रोतसाधनबीच पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको काम प्रशंसनीय- गृहमन्त्री खाण

चैत २८, २०७८

NTC
Premier Steels

गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोतसाधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताएका छन् । 

Muktinath Bank

आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु फर्स्योट कार्यका सर्वोकृष्ट/उत्कृष्ट हुने कर्मचारी र सोमवारदेखि अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खलाललाई सम्मान गर्न आयोजित कार्यक्रममा गृहमन्त्री खाणले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम गर्ने अपेक्षा आफूले राखेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सीमित स्रोत र साधनलाई उपयोग गरेर अहिलेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय छन्,’ गृहमन्त्री खाणले भने,  ‘आगामी दिनमा यो भन्दा अझ राम्रो काम सुरक्षा निकायले गर्ने अपेक्षा सरकारको छ ।’


Advertisment
Nabil box
Kumari

सुरक्षा निकायलाई विस्तारै स्रोत र साधनयुक्त बनाउने योजना सरकारको रहेको गृहमन्त्री खाणले बताए । 

Vianet communication

गृहमन्त्री खाणले कार्यक्रममा बेरुजु फर्स्योटमा सर्वोकृष्ट/उत्कृष्ट हुनेहरूलाई नगद र प्रसंशापत्रले सम्मान गरेका थिए । उनले तत्कालीन गृहसचिव महेश्वर न्यौपानेलाई १० हजार, प्रहरी महानिरीक्षक शैलेश थापालाई १० हजार, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई १० हजार, राष्ट्रिय किताब खाना (प्रहरी)का उपमहानिर्देशक शान्ता अधिकारी भट्टराईलाई १० हजार नगदसहित सम्मान गरे । 

त्यस्तै अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई ५ हजार नगद र सम्मानपत्रले सम्मान गरिएको थियो । त्यो अवधिमा रमेशकुमार केसी र भट्टराई आधा/आधा समय महानिर्देशक भएकाले दुवै जनालाई ५/५ हजार नगदले सम्मान गरिएको थियो । कार्यक्रममा केसी भने अनुपस्थित थिए । 

गृहमन्त्री खाणले मन्त्रालयका तत्कालीन लेखा शाखाका उपसचिव निर्मल न्यौपाने, लेखा शाखाका शाखा अधिकृत शालिकराम पराजुली र तत्कालीन लेखापाल नरबहादुर कुँवरलाई ८/८ हजार नगदसहित सम्मान गरे । 

मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका तत्कालीन महानिर्देशक जितेन्द्र बस्नेतलाई १० हजार, गृह मन्त्रालयकी तत्कालीन सहसचिव हुमकला पाण्डेलाई १० हजारलाई पनि सम्मान गर्ने कार्यक्रम थियो । उनीहरू उपस्थित थिएनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x