कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा हालै स्थापना गरिएको अनुगमन तथा मूल्यांकन इकाईको मंगलवार सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले एक समारोहबीच उद्घाटन गरेका छन् ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक केसीले केन्द्रदेखि तल्लो तहसम्मका इकाईबाट सम्पादित सांगठनिक कामकारवाहीको नियमित रूपमा अनुगमन गरी प्रभावकारी कार्यसम्पादन गर्ने उद्देश्यका साथ सो इकाई स्थापना गरिएको उल्लेख गर्दै अनुगमनको क्रममा देखिएका सुधारका पक्षमा तत्कालै निर्णय लिन तथा संगठनमा भएका नियमित कार्यलाई समयमै अद्यावधिक गर्न समेत सहयोग पुग्ने बताए ।
राज्यले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न उनले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई दत्तचित्त भएर लाग्न निर्देशन दिए । सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाईमा कार्यरत कमाण्डर तथा सकल दर्जाले आ–आफ्नो पदीय दायित्व र जिम्मेवारी अनुसार सम्पादन गरेको काम कारवाहीको नियमित अनुगमन तथा मूल्यांकन हुने र सोही मूल्यांकनलाई समेत वार्षिक युनिट निरीक्षणको मूल्यांकन तथा आर्थिक वर्षको अन्तिममा गरिने मूल्यांकनमा जोडिने हुँदा सरुवा–बढुवा लगायतका वृत्ति विकासमा कर्मचारी स्वयंले सम्पादन गर्ने काम कारवाही निर्णायक हुने प्रणाली विकासमा आफूले जग बसाउन खोजेको उनले बताए ।
सशस्त्रको प्रधान कार्यालयस्थित सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा स्थापना गरिएको इकाईले मंगलवारैबाट आफ्नो कार्य शुरू गरेको छ । सशस्त्रका २–२ वटा बाहिनीको अनुगमन तथा मूल्यांकनका लागि इकाईमा ४ वटा डेस्क स्थापना गरिएको छ ।
इकाई सशस्त्र प्रहरी महानिरीक्षकको प्रत्यक्ष निर्देशनमा रहने हुँदा स्पष्ट ढंगले चुस्त कार्यान्वयन गर्न सक्ने, सबै खालका कामकारवाहीको नियमित अनुगमन हुने, सबै तहका कमाण्डरहरू हमेसा सतर्क रहने, फिल्डमा भएको कामकारवाही सोझै महानिरीक्षकमा जानकारी हुँदा समयको बचत एवं निर्देशनमा स्पष्टता हुने, माथिल्लो निकायको प्रत्यक्ष सुपर भिजनले तल्लो तहमा बसेर काम गर्ने कमाण्डर तथा जवानलाई थप जिम्मेवार बनाउने, कार्यसम्पादनमा स्पष्ट र प्रभावकारिता आउने, कामप्रति उत्तरदायी हुने बानीको विकास हुने, दैनिक पिटीपरेड, लेक्चर, रोलकल लगायतका फौजी क्रियाकलापको निरन्तरताले शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्नुका साथै कार्यसम्पादनमा प्रभावकारिता आई संगठनको उद्देश्य प्राप्तिमा योगदान पुग्ने विश्वास गरिएको छ ।
समारोह लाइभ भिडियो स्ट्रिमिङ तथा सशस्त्र प्रहरी बल नेपालको सञ्चारमार्फत सम्पूर्ण इकाईमा हेर्ने र सुन्ने व्यवस्था मिलाइएको थियो ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतको उपस्थिति थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...