०३ साउन २०८३, आइतबार

सन्धीखर्कको मेयरमा कांग्रेसबाट शान्ता भण्डारी, एमालेबाट कृष्ण श्रेष्ठ

बैशाख १२, २०७९
सन्धीखर्कको मेयरमा कांग्रेसबाट शान्ता भण्डारी, एमालेबाट कृष्ण श्रेष्ठ

अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसको तर्फबाट शान्ता भण्डारीले टिकट पाएकी छन् ।

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सदस्यसमेत रहेकी भण्डारीले गठबन्धनको तर्फबाट मेयरको टिकट पाएकी हुन् ।

उपमेयरमा माओवादीका राजेन्द्र भुसालले टिकट पाएका छन् ।

नेकपा एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझीको गृहजिल्ला अर्घाखाँची सदरमुकाममा एमालेको तर्फबाट कृष्णप्रसाद श्रेष्ठ मेयरको उम्मेदवार बनेका छन् ।

उपमेयरमा एमालेबाट मिश्रा आचार्यले टिकट पाएकी छन् । सोमवार दुवै उम्मेदवारले मनोनयन दर्ता गराउँदै छन् । 

salt training

कमेन्ट गर्नुहोस्