पुस २८, २०७९
ईओएल प्रालि नेपालमा केन्ट ब्रान्डका नयाँ एमसीबी र थप विद्युतीय सामानहरू नेपाली बजारमा ल्याएको छ । बिल्कुलै नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट ...
नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम उपलब्ध गराउने भएको छ ।
यसका लागि टेलिकमले मोन्टी युके ग्लोबलसँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा गत आइतवार नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता भएको छ ।
सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ ।
सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिम समेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै नै प्रारम्भ हुने विश्वास व्यक्त गरे ।
अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो ।
ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई–सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
ई–सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ ।
हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्ने र नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ई–सिम लिन सकिने टेलिकमले जनाएको छ ।
ईओएल प्रालि नेपालमा केन्ट ब्रान्डका नयाँ एमसीबी र थप विद्युतीय सामानहरू नेपाली बजारमा ल्याएको छ । बिल्कुलै नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट ...
अब उपभोक्ताले समेत आफूले पिएको पानीको गुणस्तरको मापन गर्न सक्ने भएका छन् । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि ल्याएको हो। स्मार्ट वाटर प्रविधिअन्...
मंगलवार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजारले बढेर सुनको मूल्यमा १ लाख ६ हजार ३०० कायम नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले ज...
नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘न्यु स्टाइलः न्यु स्टेटमेन्ट’ नाराका साथ नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ । आफ्नो पहिलेको हुण्डाई भेन्यूको...
सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १०० पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलवार प्रतितोला १०० रुपैयाँले घटेको हो । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति समितिका अनुसार सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ र हरियो अंगुरको १८० रुपैयाँ रहेको छ । यसैगरी अदुवाको ७४, नेपाली ठूलो गोलभेडाको ५...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...