×

NMB BANK
NIC ASIA

सरकारले गर्‍यो आयातमा कडाइ

बैशाख १५, २०७९

NTC
Premier Steels

उच्च व्यापार घाटा र विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले विलासिताका सामान आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्र प्रकाशित गरेर १० विलासीका वस्तु आयातमा रोक लगाएको हो ।

Muktinath Bank

आयातमा कडाइ गर्ने अभियानमा जुटेको सरकारले मोबाइल, मोटरसाइकल विदेशी खाद्यान्नलगायत १० प्रकारका सामान नेपाल भिœयाउन नपाउनेगरी प्रतिबन्ध लगाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजपत्रमा प्रकाशित विवरणअनुसार आगामी असार मसान्तसम्मका लागि भन्दै आयातमा प्रतिबन्ध लगाइएका सामानहरूमा कुरकुरे, कुरमुरे, लेज, चिजबलजस्ता प्याकेजिङ जंक फुड (पत्रु खाना) रहेका छन् । यसैगरी स्वास्थ्यलाई हानि पु¥याउने सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीको आयातमा पनि प्रतिबन्ध लगाइएको छ । यद्यपि, सुर्तीजन्य वस्तुका कच्चा पदार्थ ल्याउन भने छुट दिइएको छ । यसमा १२ प्रतिशतभन्दा कम अल्कोहोल भएको वियरको आयातलाई भने छुट दिइएको छ । राजपत्रअनुसार विदेशी रक्सी र वाइनमाथि पूर्ण रूपमा आयात गर्न पाउने हुन्छ । सबैखाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध भने तापनि राजपत्रमा सिगार, चेरुट, सिगारिलोसजस्ता सुर्तीजन्य पदार्थको एचएस कोड उल्लेख नगरिएकाले यी पदार्थको आयात खुला रहेको देखिन्छ । यसैगरी, बिडी, पाइप टोबाको, जर्दा, खैनी, गुट्खा आयातमा पनि प्रतिबन्ध लगाइएको छैन ।


Advertisment
Nabil box
Kumari

हिरा र मोबाइल सेट ल्याउन पनि प्रतिबन्ध लगाइएको छ । हिराको औद्योगिक कच्चा पदार्थ भने ल्याउन प्रतिबन्ध लगाइएको छैन ।

Vianet communication

सरकारले आगामी असार मसान्तसम्मका लागि ६० हजारभन्दा बढी मूल्यका मोबाइल, २ सय ५० सीसीमाथिका मोटरसाइकल, गाडी, खेलौनामा रोक लगाएको छ ।

आयात बढेर विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि राष्ट्र बैंक, अर्थ मन्त्रालयलगायतको सल्लाह सुझावमा यी वस्तुहरूमाथि प्रतिबन्ध लगाइएको हो ।

भन्सार विभागका अनुसार चैतसम्म १४ खर्ब ६६ अर्ब रुपैयाँको आयात भएको छ । चैतमा १ महिनामै १ खर्ब ५७ अर्ब रुपैयाँको आयात भएको विभागको तथ्यांक छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३१.९७ प्रतिशत बढी हो ।

सरकारले ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यान (एम्बुलेन्स र शववाहनबाहेक) र खेल्ने तास आयातमाथि पनि प्रतिबन्ध लगाएको छ । नौ महिनामै ९८ लाख ८ हजार तास आयात भएपछि झस्केको सरकारले तासको आयात रोकेको छ । गत साउनदेखि चैतसम्म मात्रै नेपालमा १९ करोड ५५ लाख १० हजार रुपैयाँको तास आयात भएको छ । नौ महिनाको अवधिमा तासबाट मात्रै सरकारले १० करोड २६ लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो ।

मासिक रूपमा १५ अर्बसम्मको सवारीसाधनको आयात भइरहेको परिस्थितिलाई नियन्त्रण गर्न बढी तेल खाने र महँगा गाडी आयातमा प्रतिबन्ध लगाइएको भनाइ सरकारको छ । यसले पछि पेट्रोलको माग घटाउने दाबी गरिएको छ ।

विदेशी मुद्राको आम्दानी र खर्चबीच सन्तुलन कायम गर्न सरकारले केही कालका लागि यो कदम चालेको बताइएको छ ।

आयातमा कडाइ गरेका केही वस्तु नेपालमै उत्पादन हुने भएकाले बजारमा खासै समस्या उत्पन्न नहुने अनुमान गर्दै सरकारले यो कदम चालेको बताइएको छ । कुरकुरे, कुरमुरे, चुरोट, मदिरा नेपालमा नै उत्पादन हुने भएकाले आयात प्रतिबन्धबाट खासै प्रभाव पर्दैन ।

सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० विलासीका वस्तु आयातमा रोक लगाएको हो । राजधानी दैनिकमा पूर्णभक्त दुवालले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x