×

NMB BANK
NIC ASIA

परिवर्तन भयो कोरियन भाषा परीक्षाको कार्यतालिका, अब कहिले ?

बैशाख १६, २०७९

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

 रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कोरिया भाषा परीक्षाको कार्यक्रम पछाडि धकेलिएको छ ।

Muktinath Bank

यसअघि भाषा परीक्षा वैशाख २६ गतेदेखि हुने भनिएकामा अब जेठ १५ गतेदेखि सुरु हुनेगरी कार्यतालिका परिवर्तन गरिएको हो । ईपीएस कोरिया शाखाका निर्देशक पुुष्पराज कटुुवालले ईपीएसको रोजगारीमा जानेको कोरिया भाषाको परीक्षा स्थानीय निर्वाचनका कारण २० दिनपछि सारिएको बताए । कोरियाको मानव संसाधन विभाग (एचआरडी)सँगको सल्लाह लिएर नै परीक्षा सारिएको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही चैत १४ देखि २१ गतेसम्म ईपीएसमार्फत कोरिया जानका लागि आवेदन दिएकाहरूले पहिलो र दोस्रो चरणका भाषा र सीप परीक्षा वैशाख २६ देखि असोज २१ गतेसम्म सञ्चालन गर्ने तय भएको थियो । अब जेठ १५ गतेदेखि कात्तिकको पहिलो सातासम्म सञ्चालन गर्न सकिने भएको छ । 


Advertisment
Nabil box
Kumari

ईपीएस शाखाका अनुसार सन् २०२२ मा नौ हजार सन् २०२२ का कृषि तथा पशुपालन क्षेत्रमा दुुई हजार ७४१ र उत्पादनमूलक क्षेत्रमा छ हजार ९१३ नेपाली लैजाने गरी नौ हजार ६५४ जनाका लागि आवेदन माग आएकामा करिब ४४ हजारको आवेदन परेको छ । 

Vianet communication

कोरियन भाषा परीक्षामा विगतमा नयाँका लागि पीबीटी (पेपरबेस टेस्ट) र कोरियाबाट फर्केकाका लागि सीबीटी (कम्प्युटरबेस टेस्ट) गरिँदै आएकामा अब यूबीटी (युबिक्युट्सबेस टेस्ट) प्रणालीबाट लिइनेछ । यो प्रणालीमा प्रत्येक परीक्षार्थीलाई कम्प्युटरको सट्टा ट्याब्लेटबाट परीक्षा लिइनेछ । भाषा परीक्षाका लागि परेको आवेदनका आधारमा एक सिफ्टमा दुई सय जनाका दरले दिनमा चार सिफ्ट परीक्षा सञ्चालन गरेर दिनमा अधिकतम आठ सय जनाले परीक्षा दिने व्यवस्था मिलाइएको छ । शाखाले भैँसेपाटीमा रहेको दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी)को कोरिया भाषा केन्द्रलाई तयारी अवस्थामा राखेको छ । 

सन् २००८ देखि बर्सेनि सञ्चालन हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा कोरोना सङ्क्रमणका कारण पछिल्लो दुुई वर्ष हुन सकेन । ईपीएसअन्तर्गत हालसम्म ७७ हजार नेपाली कोरिया प्रवेश गरिसकेका छन् । त्यसमध्ये हाल ३५ हजार नेपाली कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत छन् । कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x