×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

मन्त्री आलेकै गाउँमा एसलाई सकस, कांग्रेसबाट तानेका उम्मेदवारले जोगाउलान् इज्जत ?

बैशाख १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको गाउँपालिका जोरायलमै नेकपा एकीकृत समाजवादी (एस) कमजोर देखिएको छ ।

Muktinath Bank

डोटीको जोरायल गाउँपालिकामा नेकपा (एस) र माओवादी केन्द्रको गठबन्धनबाट किरण मल्ललाई उम्मेदवार बनाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसको जिल्ला उपसभापति तथा तरुण दलको केन्द्रीय सदस्य समेत रहेका मल्ललाई मन्त्री आलेले नै पार्टी प्रवेश गराएर अध्यक्षको उम्मेदवार बनाएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘म कांग्रेसको जिल्ला उपसभापति र तरुण दलको केन्द्रीय सदस्य समेत भएर काम गरेको थिएँ । कांग्रेसमा मेरा केही असन्तुष्टि भएर नेकपा (एस)मा आएको हुँ,’ मल्लले भने, ‘यहाँ आएर उम्मेदवार नै भएको छु ।’

Vianet communication
Laxmi Bank

‘घण्टेश्वर निर्माण सेवा’मार्फत गाउँको सडकको ठेक्कापट्टा गर्दै आएका मल्ल काठका ठेकेदार हुन् । 

नेकपा एसका नेता तथा मन्त्रीकै गाउँमा समाजवादीले बलियो उम्मेदवार नपाएका कारण कांग्रेसबाट तानेर ल्याएको स्थानीयको भनाइ छ । गाउँमा ठेक्कापट्टाको काम गर्दै आएका मल्ल स्थानीयसँग खासै नभिजेको स्थानीय खड्गबहादुर बोहोराले बताए । 

‘हिजो एमालेले जितेको हो, अहिले पनि उनीहरूले अगाडि देखिन्छन्,’ आगामी चुनावी परिणमको अनुमान गर्दै उनले भने, ‘एसको संगठन बलियो छैन, नयाँ पार्टी हो ।’ 

संगठन बलियो नभएको र नयाँ पार्टी भएका कारण समाजवादीलाई चुनाव जित्न मुस्किल रहेको अर्का स्थानीय विकास सिञ्जाली मगरले बताए ।

‘खासै संगठन राम्रो छैन, मन्त्रीको गाउँ भनेकै भरमा एसले जित्छ भन्न सकिन्नँ,’ मगरले लोकान्तरसँग भने ।

नेकपा एमालेका तर्फबाट जोरायल गाउँपालिकाको अध्यक्षमा निवर्तमान अध्यक्ष दुर्गादत्त ओझाले पुनः उम्मेदवारी दिएका छन् ।

अघिल्लो निर्वाचनमा जितेकै कारणले यसपालि पनि टिकट पाएको र आफैंले जित्ने दाबी उनको छ ।

ओझा पनि सार्वजनिक पदमा बहाल रहँदा अश्लील फोटो तथा भिडियो सार्वजनिक भएर विवादमा आएको पात्र भएको स्थानीयको भनाइ छ ।

ओझा व्यक्तिगत जीवनमा नगई कुरा गर्दा आफू बलियो रहेको बताउँछन् । ‘कसैको व्यक्तिगत जीवनमा नगाई कुरा गर्नुपर्छ । मैले सार्वजनिक रूपमा राम्रो काम गरेको छु । एक कार्यकाल गाउँपालिकामा बसेर बनाएका राम्रा योजनाको कार्यान्वयन र अधुरा काम पूरा गर्न फेरि अवसर दिन आग्रह गरेको छु ।’

नेपाली कांग्रेसबाट भने दीपक विष्ट गाउँपालिका अध्यक्षको उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रहेका विष्ट एमाले विभाजनको लाभ उठाउँदै चुनाव जित्ने रणनीतिमा छन् ।

गाउँमा चुनावले छपक्कै छोपेको छ । दलका झण्डाहरू घरघरमा टाँगिएका छन् । पहिले एमालेको पकड रहेको यस क्षेत्रमा अहिले फाट्टफुट्ट समाजवादीको झण्डा पनि देखिन्छ ।

एमाले विभाजनका कारण कांग्रेसको स्थिति पनि सुधारोन्मुख छ । २० हजार जनसंख्या रहेको जोरायलमा १३ हजार मतादाता छन् । 

जग्गा विवाद मिलाइदिनेलाई भोट !

मन्त्री प्रेम आलेको वडाकी मतदाता पद्मादेवी खातीले आफ्नो जग्गाको विवाद मिलाइदिनेलाई भोट दिने बताइन् । 

राजमार्गको छेउमा रहेको उनको जग्गामा विवाद भएपछि गाउँपालिको न्यायिक समितिमा उजुरी दिएकी थिइन्, तर आफ्नो गल्ती नहुँदा पनि उपाध्यक्षले जबरजस्ती मिलापत्र गराएको उनको गुनासो छ ।

यसअघि गाउँपालिका कार्यालयमा कार्यालय सहयोगी समेत रहेकी उनी आफूलाई पूर्वाग्राही भएर कामबाट निकालेको भन्दै रुष्ट छिन् । 

उम्मेदवारका आ–आफ्नै दाबी

स्थानीय तहमा बसेर युवालाई रोजगारी दिइरहेकाले पनि आफूले जित्ने दाबी नेकपा एसका उम्मेदवार किरण मल्लको छ ।

‘विगतमा मैले काठ, सडकलगायतबाट स्थानीय युवालाई १५ वर्षदेखि रोजगारी दिएको छु । स्थानीयको सेवामा पनि खटिएको छु, त्यसकारण मैले नै जित्छु,’ मल्लले लोकान्तरसँग भने ।

पार्टी मात्र हैन, व्यक्ति हेरेर समेत आफूलाई भोट आउने उनले बताए ।

उनी केही विकासे एजेन्डा लिएर जनतामा गएका छन् । ‘गाउँपालिकाका कतिपय स्थानमा स्वास्थ्य सेवाको ठूलो समस्या छ, जसको प्रमुख कारण सडक हो । सडक विस्तार गरेर स्वास्थ्य सेवाका लागि एम्बुलेन्स उपलब्ध गराउने योजना छ,’ मल्लले भने ।

गाउँपालिकामा गरीबी मुख्य समस्या रहेकाले त्यसलाई न्यूनीकरण गर्नका लागि कृषि क्षेत्रको विकास, सिलाइ कटाइ सिकाएर स्वरोजगार तथा र आफ्नो कम्पनीमा काम लगाउने पनि उनले बताए । 

‘हाम्रो काठ ठेक्का छ, खोटो निकाल्ने काम छ, त्यसमा रोजगार दिन्छु,’ उम्मेदवार मल्लले लोकान्तरसँग भने, ‘उद्योग स्थापना गरेर २ सय जनालाई रोजगारी दिने योजना बनाएको छु ।’

आफूले ३ हजार मतान्तरले जित्ने दाबी मल्लले गरे ।

यता एमाले उम्मेदवार दुर्गादत्त ओझाले भने आफूले शुरू गरेका अधुरा काम गर्नका लागि पुनः निर्वाचित हुने विश्वास व्यक्त गरे ।

‘अघिल्लो चुनावमा विश्वास गरेर हामीलाई भोट दिनुभएको हो । हामीले विकासका पूर्वाधार खडा गरेका छौं, त्यसलाई पूर्णता दिनका लागि पनि मतदाताले हामीलाई फेरि जिताउनुहुन्छ भन्ने विश्वास छ,’ ओझाले लोकान्तरसँग भने ।

‘पर्यटकीय क्षेत्र र कृषि क्षेत्रको विकास, पशुपालन लगायतका क्षेत्रका कामको शुरूआत भएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम भएका छन् । गाउँपालिकाका विभिन्न ठाउँमा सडक विस्तारको काम शुरूआत भएको छ,’ उनले थपे ।

गरीबी निवारण, रोजगारी सिर्जनालगायतका कामलाई नीति नियम बनाएरै अगाडि बढाएको उनको दाबी छ । मल्लले आफ्नो मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने बताए ।

‘प्रतिस्पर्धा भनेकै एमाले र कांग्रेसबीच हुने हो, नयाँ पार्टीको हिसाबै छैन,’ ओझाले लोकान्तरसँग भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x