कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तहको सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा विभिन्न विषयका ३४ वटा कोटा रिक्त भएका छन् ।
परीक्षामा सहभागीमध्ये एक जना पनि उत्तीर्ण नभएपछि ती कोटा रिक्त भएका हुन् । रिक्तमध्ये मधेस प्रदेशका सबैभन्दा धेरै (२९ वटा) कोटा रिक्त भएका छन् । विज्ञान र नेपाली विषयमा धेरै अनुत्तीर्ण छन् । रिक्त कोटाका लागि आयोगले अर्को परीक्षा सञ्चालन गर्नुपर्छ ।
मधेसमा नेपाली विषयमा ३२ जना शिक्षकका लागि आवेदन आह्वान गरिएकोमा २६ जना मात्रै उत्तीर्ण भए । सोही प्रदेशमा गणित विषयमा १७ जना माग गरिएकोमा १५ जना मात्रै उत्तीर्ण भए । मधेस प्रदेशमै विज्ञान विषयमा २२ जना माग गरिएकोमा सात जना मात्रै उत्तीर्ण भएको शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले जानकारी दिए ।
अर्थशास्त्र विषयमा गण्डकी प्रदेशका लागि दुई जना माग गरिएकोमा एक जना मात्रै उत्तीर्ण भए । लुम्बिनी प्रदेशमा एक जना माग गरिएकोमा एक जना मात्रै उत्तीर्ण भए । कार्यालय सहायक तथा लेखा विषयमा मधेसमै पाँच जना माग गरिएकोमा दुई जना मात्रै पहिलो चरणको परीक्षामा उत्तीर्ण भएका छन् ।
स्वास्थ्य विषयमा मधेसमा एक जना माग गरेकोमा कोही पनि उत्तीर्ण नभएको आयोगले जनाएको छ । शुक्ल यजुर्वेद विषयमा मधेसमा एक जना मात्रै माग गरिएकोमा कोही पनि उत्तीर्ण भएनन् । गण्डकी प्रदेशमा भने यो विषयमा एक जना माग गरेकोमा एक जना मात्रै उत्तीर्ण भए ।
संस्कृत व्याकरणका लागि मधेस र बागमती प्रदेशका लागि एक÷एक जना माग गरिएकोमा कोही पनि उत्तीर्ण भएनन् । संस्कृत भाषामा प्रदेश १ का लागि एक जना र सुदूरपश्चिम प्रदेशका लागि दुई जना माग गरिएकोमा कोही पनि उत्तीर्ण नभएको मरहट्ठाले बताए । संस्कृत साहित्यका लागि लुम्बिनी प्रदेशमा एक जना माग गरिएकोमा परीक्षामा सहभागीमध्ये कोही पनि उत्तीर्ण भएनन् ।
आयोगले सञ्चालन गरेको यो पहिलो चरणको परीक्षा मात्रै हो । दोस्रो चरणको परीक्षामा उत्तीर्ण भएर अन्तर्वार्तामा पनि सफल भएपछि मात्रै प्रतिस्पर्धी शिक्षण पेसामा प्रवेश गर्न पाउँछन् । विद्यार्थीको पढाइको जग बसाउने विद्यालय तहको शिक्षक छनोट गर्ने परीक्षामा यति धेरै कोटा रिक्त भएको आयोगको इतिहासमै पहिलो पटक हो ।
माग गरिएको कोटा र उत्तीर्णको सङ्ख्या बराबर रहेका विषय थुप्रै छन् । यो घटनाले आयोगले सञ्चालन गर्ने परीक्षा प्रणालीमै सुधार गर्नुपर्ने एकथरीको आवाज छ । अर्कोथरीले प्रतिस्पर्धीमा पठन संस्कृतिको अभाव रहेकोले यस्तो नतिजा आएको विश्लेषण गरेका छन् । शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइरालाले परीक्षा प्रणाली र प्रतिस्पर्धीको घोकन्ते शैली दुवै परिमार्जन गर्नुपर्ने बताए ।
आयोग अध्यक्ष मधुप्रसाद रेग्मीले भने शिक्षक परीक्षालाई सामान्य रूपमा बुझ्ने गलत प्रवृत्तिका कारण उत्तीर्णको सङ्ख्या कम भएको दाबी गरे । उनले भने, “अहिलेको नतिजाले शिक्षक परीक्षा पनि कडाइ र प्रतिस्पर्धी हुन थालेको छ भन्ने सन्देश गएको छ ।”
आयोगले १४ विषयका शिक्षक छनोटका लागि गत चैत १५ गते परीक्षा सञ्चालन गरेको थियो । सबै विषयका सहित कुल एक हजार ५५२ कोटाका लागि ३२ हजार ९७ जनाले परीक्षामा प्रतिस्पर्धा गरेका थिए । जसमध्ये तीन हजार ८४६ जना मात्रै उत्तीर्ण भएका थिए । गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डेले खबर लेखेका छन् ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...