
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभई शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताएका छन् ।
कसैलाई जिताउन वा हराउनका लागि नभई संविधानको रक्षा गर्नका लागि गठबन्धन बनाएको उनले बताएका हुन् ।
उपसभापति खड्काले सोमवार सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनाइएको दाबी गरे ।
'गिरिजाबाबु र प्रचण्डले शुरुआत गर्नुभएको जुन शान्ति प्रक्रिया छ त्यसलाई पूर्णता दिन आवश्यक छ,' खड्काले भने, 'त्यसैले यो गठबन्धन स्थानीय चुनाव जित्न मात्र होइन शान्ति र विकासका लागि आवश्यक छ ।'
उपसभापति खड्काले गठबन्धनबाहेकका दललाई भोट हाले पार्टीले कारबाही गर्ने बताए ।