×

NMB BANK
NIC ASIA

म सपना बाँड्न होइन, काम गर्न उम्मेदवार बनेको हो : नेत्री सिंह

बैशाख २७, २०७९

NTC
Premier Steels

पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहले आफू सपना बाँड्न नभई काम गर्न महानगर प्रमुखको उम्मेदवार बनेको बताएकी छन् ।

Muktinath Bank

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको ‘चुनावी सभा’मा उनले काठमाडौँको विकासका लागि आफूले ठूला सपना नबाँडेको बताउँदै आफूले अगाडि सारेको सङ्कल्प पत्रअनुसार काम गर्ने उल्लेख गरिन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“स्वच्छ, सफा र हराभरा महानगर निर्माण गर्नका लागि म काठमाडौँवासीको अभिभावक बन्न चाहन्छु, काठमाडौँलाई ‘महान् घर’ बनाउन चाहन्छु”, उनले भनिन्। उनले २५ वर्ष पहिलेका प्रमुख पिएल सिंहले सारेको परिकल्पनालाई पूरा गर्ने विश्वाससमेत व्यक्त गरिन् ।


Advertisment
Nabil box
Kumari

नेत्री सिंहले काठमाडौँभित्रको खाल्डाखुल्डी र धुलोधुवाँको समस्या समाधान गर्दै फोहोर व्यवस्थापन घरबाटै सुरु गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्। काठमाडौँभित्र देखिएको भद्रगोल ट्राफिकलाई व्यवस्थित बनाउँदै सबैलाई सार्वजनिक यातायात चढ्ने वातावरण निर्माण गर्ने उनको भनाइ थियो ।

Vianet communication

महागरनगर प्रमुखका उम्मेदवार सिंहले फुटपाथ व्यवसायलाई व्यवस्थित, ठूला सडकमा ‘साइकल लेन’को व्यवस्था, बागमती, विष्णुमती, रुद्रमतीलगायतका नदीलाई व्यवस्थित बनाउने, निम्न आय भएका महिलालाई विशेष राहत भत्ताको व्यवस्था गर्ने बताइन् ।

गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले आफू निर्वाचित भएमा सुशासनयुक्त महानगर, भ्रष्टचारमुक्त महानगर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । 

काठमाडौँ महानगरपालिकाभित्र शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकताका साथ अगाडि बढाउने उनको भनाइ थियो । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाभित्र तीन लाख ४२६ मतदाता रहेका छन् । मुलुककै सबैभन्दा धेरै वडा भएको काठमाडौँमा ३२ वडा रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x