×

NIC ASIA

नुवाकोटमा निर्वाचनका लागि ४ हजार बढी कर्मचारी

बैशाख २९, २०७९

Prabhu Bank
NTC
Premier Steels

स्थानीय तह निर्वाचनका लागि नुवाकोटमा कर्मचारी र सुरक्षाकर्मी गरी चार हजारभन्दा बढी परिचालन भएका छन्  । 

Muktinath Bank

कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार हजार ४०८ जनालाई खटाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक हजार ४३५ कर्मचारी, एक हजार ३२५ म्यादी प्रहरी, ८१८ नेपाल प्रहरी, ३५० सशस्त्र प्रहरी, १२ स्थानीय तहमा कम्तीमा ४० जना रहने गरी नेपाली सेनाको टोली ४८० खटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार कर्मचारीसँगै सबै प्रकारका सुरक्षाकर्मी पनि कार्य क्षेत्रमा पुगिसकेका छन् । नेपाली सेनाको टोली हरेक मतदानस्थलबाट २०–२५ मिनेटको दूरीमा रहने र असहज अवस्था भएमा उक्त समयभित्र मतदानस्थलमा पुग्ने गरी व्यवस्था मिलाइएको उनले बताए । 

Vianet communication

म्यादी प्रहरी र नेपाल प्रहरी भने मतदानस्थलमै खटाइएको छ । 

जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील, संवेदनशील र सामान्य भनेर मतदानस्थलको वर्गीकरण गरेको छ । 

सोही वर्गीकरणका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार जिल्लामा १३२ निर्वाचनस्थलमध्ये अतिसंवेदनशील ५०, संवेदनशील ५३ र सामन्य २९ मतदानस्थल रहेको छ । 

भौगोलिक विकटता, विगतका निर्वाचनमा भएको घटनाको मूल्यांकन, जातीयता, सांस्कृतिक तथा साम्प्रदायिता, आपराधिक व्यक्तिको प्रयोग हुनसक्नेजस्ता आधारमा वर्गीकरण गरिएको उनले बताए । 

बाह्र स्थानीय तहको ८८ वडामा रहेको सबै मतदानस्थलमा बुधवारसम्म कर्मचारी पुगेर मतदानस्थल निर्माण तथा व्यवस्थापन गर्न शुरू गरिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले जानकारी दिए । 

उनका अनुसार टाढाका मतदानस्थलका कर्मचारी मंगलवार नै पुगेको र सदरमुकाम र नजिकका मतदानस्थलका कर्मचारी बुधवार बिहान कार्यस्थलमा पुगेका थिए । नुवाकोटमा स्थानीय तहको निर्वाचनका लागि दुई हजार दुई उम्मेदवार चुनावी मैदानमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ७, २०७९

राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् ।  उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...

बैशाख ३०, २०७९

आफैं मतपत्रमा धमाधम छाप हाल्दै गरेका सर्लाही बलरा नगरपालिकाका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोख...

मंसिर ७, २०७९

प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी उनी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए ।  उनै रायमाझीले बुधबार राति सम्...

मंसिर २१, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएर सात राजनीतिक दल राष्ट्रिय दल बनेका ...

मंसिर २४, २०७४

काठमाडौं,२४ मंसिर– भक्तपुरको निर्वाचन क्षेत्र नंबर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले   ३६ हजार ४ सय १२ मत पाप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेपाली कांग्...

मंसिर ८, २०७९

रुपन्देही क्षेत्र नम्बर-२ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । १७ हजार ६३२ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । गिरीसँग पराजित भएका सत्ता गठबन्धनबाट उम्मेदवार बनेका...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x