
भरतपुर महानगरमा आजै राति १२ बजेबाट मतगणना शुरू गरिने भएको छ ।
मतगणना शुरू गर्न ९ बजे सर्वदलीय बैठक हुने भएको हो ।
अहिले निर्वाचन सकिएर मतपेटिका संकलन गर्ने काम भइरहेको मुख्य निर्वाचन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
बहुप्रतिक्षित निर्वाचन क्षेत्र भरतपुर मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार छन् ।
यो महानगरमा बागी उम्मेदवार जगन्नाथ पौडेल छन् । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसको समर्थनमा माओवादीकी उम्मेदवार रेनुले मेयरमा जितेकी थिइन् । यस पटक पनि गठबन्धनले रेनुलाई नै उम्मेदवार बनाएको छ ।