०३ साउन २०८३, आइतबार
स्थानीय चुनाव

मुस्ताङको घरपझोङ गाउँपालिकामा मत गणना शुरू, एमालेको शुरुवाती अग्रता

बैशाख ३०, २०७९
मुस्ताङको घरपझोङ गाउँपालिकामा मत गणना शुरू, एमालेको शुरुवाती अग्रता

मुस्ताङको घरपझोङ गाउँपालिकामा मत गणना शुरु भएको छ । 

उक्त गाउँपालिकामा वडा नम्बर १ को मत गणना सकिँदा एमालेका अध्यक्ष उम्मेदवार सञ्जयकुमार थकालीले शुरुवाती अग्रता लिएका छन् । 

थकालीले १४९ मत पाउँदा कांग्रेसका अध्यक्ष उम्मेदवार मोहनसिंह लालचनले ४५ मत पाएका छन् । 

उपाध्यक्षमा एमालेकी मिमिकुमार शेरचनले ७२, कांग्रेसकी जमुना थापा मगरले ५७ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कमला लालचनले १८ मत ल्याएको मुख्य निर्वाचन अधिकृत रुमाकान्त ज्ञवालीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्