
मोरङको कानेपोखरी गाउँपालिकामा मतगणना शुरू भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय जनसेवा माविमा शुक्रवार राति ११:२० बजेदेखि मतगणना शुरू गरेको हो ।
कानेपोखरी ७ नम्बर वडाबाट मतगणना शुरू गरेको निर्वाचन कार्यलयले जनाएको छ ।
कानेपोखरी गाउँपालिकामा ६६.७६ प्रतिशत मतदान भएको छ ।
३४ हजार ४५ मतदाता रहेको कानेपोखरीमा २२७३१ मतदान भएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिएका छन् ।
कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेबाट राजमती इङनाम, माओवादी केन्द्रबाट सूर्य धिमाल र कांग्रेसबाट सञ्जय भट्टराई उठेका छन् ।