भरतपुर महानगरपालिकाको मतगणना शनिवार बिहान ८ बजेबाट शुरू हुने भएको छ।
चितवन उद्योग संघको प्रदर्शनी केन्द्रस्थित मतगणना स्थलमा बसेको सर्वदलीय बैठकले बिहान मात्रै मतगणना शुरू गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिए।
एमालेले मतगणनास्थलमा राखिएका सीसीक्यामेरा, स्क्रिन र अन्य सुरक्षा सावधानीका विषयमा आशंका गरेपछि मतगणना अहिले शुरू हुन नसकेको हो।
भरतपुर महानगरपालिकामा ६७.५९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।